पृथ्वी चेप्टो छ भनेर पुष्टि गर्न आफैँले बनाएको रकेट चढेर अन्तरीक्ष जान खोज्ने व्यक्तिको मृत्यु

0
66

अमेरिकाको क्यालिफोर्नियामा आफैँले घरमै बनाएको रकेट चढेर अन्तरीक्षतर्फ जान खोज्ने एक व्यक्तिको मृत्यु भएको छ।

माइक ह्युज नामक ६४ वर्षे व्यक्तिले आफैँले वाष्प इन्जिनयुक्त रकेट बनाएका थिए। शनिबार सो रकेट प्रक्षेपणलगत्तै दुर्घटना भएको थियो। सो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

जसमा रकेट उड्नेबित्तिकै नजिकै जमिनमा गएर बजारिन्छ।

ह्युज पृथ्वी चेप्टो छ भनी दाबी गर्ने व्यक्ति थिए। उनले अन्तरीक्षमा पुगेर आफ्नो सिद्धान्त पुष्टि गर्ने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here