प्रदेश १ मा पेट्रोलियम पदार्थ अभाव

0
28

विराटनगर : प्रदेश १ का जिल्लामा दुई सातादेखी पेट्रोलियम पदार्थको अभाव भएको छ। भारतको भन्सारमा अनलाइन इन्ट्री सिस्टमको सुधार हुन नसकेपछि अभाव देखिएको हो। विराटनगर डिपोबाट डिजेल र पेट्रोल पठाएको भए पनि वितरण सहज नभएको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणी पौडेलले बताए।

चार जिल्लाका लागि झापा तेल पठाउँदा अन्य दश जिल्लाको वितरण पनि प्रभावित बनेको छ। नेपाल निर्यात हुने पेट्रोलियम पदार्थ सहितका सामानमा भारतले जेठ १० गतेबाट अनलाइन इन्ट्री सुरु गरेको हो। पेट्रोलियम पदार्थ सहित नेपाल भित्रने अन्य सामाग्रीसमेत पश्चिम बङ्गालस्थित पानीट्यांकीमा रोकिएका छन्। ‘काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याउन समय लागेकाले विराटनगरबाट पनि तेल झिकाएर वितरण गरिरहेका छौ,’ पौडेलले भने,‘त्यो पनि प्रयाप्त मात्रामा नहुँदा अधिकांश पम्प एक साता देखि बन्द छन्।’

अहिले दैनिक ४/५ ट्याङ्ककर मात्रै झापा पठाउने गरिएको छ। काँकडभिट्टा नाकाबाट प्रदेश १ का लागि दैनिक २५ देखि ३५ को संख्यामा ट्याङ्कर नेपाल भित्रने गरेका थिए। कम तेल भित्रे पनि त्यो एकैछिनमा सकिने गरेको छ। केही पेट्रोल पम्पमा तेल नहुँदा बन्द छन। यहाँका चार जिल्लामा मात्र दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ। भारतले विराटनगर र विरगञ्ज नाकाबाट नेपाल निर्यात हुने भन्सारमा भने अघिल्लो वर्षबाट नै अनलाइन सिस्टम लागु गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here