प्रदेश १ स्तरीय मिसेस तिजको इटहरी अडिसन सम्पन्न

0
44

काठमाडौँ /प्रदेश १ स्तरीय मिसेस तिजको इटहरी अडिसन सम्पन्न भएको छ । द बिहानी डान्स सेन्टरद्धारा आयोजित मिसेस तिजको इटहरी अडिसनमा पूर्वाञ्चलबाट झापा, मोरङ र सुनसरीका २५ जना विवाहित महिलाहरुले सहभागिता जनाएका थिए ।

डान्स सेन्टरले विगतमा पनि यस प्रकारको कार्यक्रमहरु गर्दै आएको छ । अडिसन राउण्ड पार गरेका सहभागि महिलाहरुलाई सेन्टरले मोडलिङका लागि आवश्यक बिषयमा तालिम दिने आयोजकले जानकारी दिएको छ । छनौट भएका सहभागिहरुलाई क्षमता अभिवृद्धी गराउने तथा ब्यक्तित्व बिकासमा सहयोग पुर्याउने उदेश्यले मिसेस तिज आयोजना गर्न लागिएको जनाईएको छ । महिलाहरुलाई ¥याम्प वर्क, कुक ट्रेनिंग, उद्घोषण, ब्युटि टिप्स, जुम्बा, हेल्थ टिप्स लगायतको बिषयमा तालीम प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

यस पटको अडिसनमा ब्यावसायी सुनिल भुसाल,नृत्य निर्देशक  इस्वरी सिग्देल,मिसेस तिज २०७५ की विजेता रोषनी गुरुङ,मिसेस स्टेट निरा गुरुङ जजको भुमिकामा देखा परेका छन भने कार्यक्रमको संयोजन प्रनिसा उदासले गरेकि छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here