प्रदेश २ मा एसईई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

0
17

वीरगन्ज/जनकपुर — प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँ/ठाउँमा विरोध जनाएका छन् । धनुषा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् ।

शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो । जनकपुरमा आक्रोशित विद्यार्थीले ढल्केबर-जनकपुर सडकमा टायर बालेर अवरुद्ध पारेका छन् । उनीहरुले बजार बन्द गराउँदै हिँडेका छन् ।

यस्तै वीरगन्जमा पनि आक्रोशित विद्यार्थीले टायर बालेर सडक अवरुद्ध पारेका छन् । प्रहरीले २ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ ।

 

Health TV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here