प्रधानमन्त्री केपी शर्मा ओली दमक मा के – के काम भयो त दमकमा पूरा पढ्नु होला ।

0
16

दमक,  । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र समृद्धि गर्न ढिलाई गर्न नहुने बताएका छन् । देशको विकास र समृद्धि देशको एक मात्र साझा लक्ष्य भएको बताउदै उनले अव मुलुकलाई समृद्ध र सम्मुनत वनाउने अभियानमा सवै जुट्नु पर्ने जोड दिए ।

उनले दमक नगरपालिका परिसरमा निर्माण भएको नयाँ प्रशासनिक भवनको उद्घाटन र त्यसपछि प्रदेशस्तरिय वृहत वाङमय संगोष्ठिको उद्धघाटन गरे भने ६ वजेतिर मदन भण्डारी रङ्गशालासम्बन्धी स्थानीय सरोकारवालाहरुसंग छलफलमा सहभागी समेत भएका थिए ।
झापाको दमकमा नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिकाको प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबारदेखि शुरु भएको प्रादेशिकस्तरिय त्रिदिवसीय वृहत वाङमय संगोष्ठिको उद्धघाटन गर्दे प्रम ओलीले विकास र समृद्धिको आधार तयार बन्दै गएको र अव मुलुक चौतर्फी ढंगले विकासको गतिमा अगाडी वढ्ने विचार राखे ।


आफुले दुई दशर्क अघि देशलाई समृद्धि वनाउने खाका तयार गरेको स्मरण गर्नुहुदै उहाँले त्यसवेला आफनो विचार नविकेको तर्क राखे । दुईदशक अघिको समृद्ध नेपाल,सुखी नेपालीको अभियानलाई अहिले अगाडी वढाउन मौका मिलेको उनको भनाई थियो ।
मुलुक भौगोलिक रुपमा हरेक हिसाबले विविधताले भरिपूर्ण रहेको बताउदै उनले भने –‘पूर्खाहरुले दिएको ज्ञानको भण्डारलाई पालना गर्न सके पनि मुलुक विकासमा अघि बढ्ने छ ।’
भौगोलिक उचाईको सगरमाथादेखि कचनकवलसम्मका जाति धर्म भाषा संस्कार र संस्कृतिमा पनि विविधता रहेको र त्यसको वजारीकरण गरेर त्यो समुदाय, राज्यले फाइदा लिनु पर्ने उनले बताए ।


त्यस अवसरमा प्रम ओलीले दमक नगरपालिकाको नवनिर्मीत प्रशासनिक भवनको उद्घाटन गर्नुका साथै साहित्य र विज्ञानका क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाँउने तीन जनालाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन भण्डारी,श्रष्टा यादव अधिकारी र विज्ञान सम्बन्धी अनुसन्धानकर्ता अरुण श्रेष्ठ छन् ।
त्यस अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई हरेक क्षेत्रबाट परिवर्तन ल्याउन सकेमात्र मुलुकले विकास र समृद्धिको लक्ष्य हासिल गर्ने औल्याए । देश अहिले समृद्धिको महाअभियानमा केन्द्रीत भएको बताउदै उनले त्यस महाअभियानमा सवै क्षेत्र,समुदाय,पेशाकर्मीहरुको योगदान आवश्यक भएको वताए ।


कार्यक्रममा दमक नगर प्रमुख रोमनाथ ओली, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सीनालगायतले समेत वोलेका थिए ।
तीन दिन सम्म चल्ने प्रदेशस्तरिय वृहत संगोष्ठिमा प्रदेश १ लाई जाति,समुदाय तथा विभिन्न क्षेत्रलाई समेटिएका विभिन्न ६ वटा विषयगत कार्यपत्रहरु प्रस्तुत हुने आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले जानकारी दिए ।
                                           दुई दिन दमकमा
प्रधानमन्त्री ओली मोरङ्गको उर्लावारी पछि आफना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन आइतवार अपरान्ह दमक आएका छन् । मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन पछि दमक आएर साँझसम्म विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
उनले दमक नगरपालिका परिसरमा निर्माण भएको नयाँ प्रशासनिक भवनको उद्घाटन र त्यसपछि प्रदेशस्तरिय वृहत वाङमय संगोष्ठिको उद्धघाटन गरे भने ६ वजेतिर मदन भण्डारी रङ्गशालासम्बन्धी स्थानीय सरोकारवालाहरुसंग छलफलमा सहभागी समेत भएका थिए ।


प्रधानमन्त्रीले आइतबारनै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गरे । त्यस्तै भोलि बिहान उनले दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन् । भोलि नै प्रधानमन्त्री ओलीले दमक ७ मा निर्माण भएको पशुपंक्षी हाटवजारको उद्घाटन गर्ने कार्यक्रम छ ।


त्यसपछि गौरादहस्थित स्कुलचौनमा भारतीय सरकारको सहयोगमा निर्माण भएको स्कुलचौन माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुने र अपरान्ह काठमाण्डौ फर्कने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here