फोनपेले घोषणा गर्‍यो दुबई ट्रिपका विजेता

मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’
योजनाका मासिक विजेता घोषणा गरेको छ ।
दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन
किराना पसल बिजेता बन्न सफल भए । वजेता गत बिहीबारको कल कान्तिपुरको लाइभ
शोमा लक्की ड्र मार्फत घोषणा गरिएको थियो ।

दुबई ट्रिप जित्ने व्यक्तिले थप तीनजना व्यक्तिलाई पनि आफुसँग लैजान पाउनेछन् ।
विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु
हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना उपहार योजना सञ्चालन गरिरहेको छ ।
विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिने कम्पनीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here