फ्राइडे रिलिज : ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’को भिडन्त

0
41
फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘जात्रै जात्रा’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनमा आएको छ।चलचित्र ‘जात्रै जात्रा’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, दयाहाङ राई ,प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहको छ ।

चलचित्र करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको ‘जात्रा’ को सिक्वेल हो । पहिलो भागमा भेटाएको पैसा लुकाउन पात्रहरुले गर्ने संघर्षको कथा थियो । ‘जात्रै जात्रा’ मा भेटाएको सुन लुकाउन र धनी बन्ने लोभमा फिल्मका प्रमुख पात्रहरु देखिएका छन् ।

चलचित्रको छायाँकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मित्र डी गुरुङ रहको छ भने शंकर महर्जनको द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।सिंगे लामा र योगेश्वर पौडेलले निर्माण गरेको यस चलचित्रमा रविन्द्रसिंह बानिया कार्यकारी निर्माता रहेको छ ।

‘वीर विक्रम २’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘वीर विक्रम २’ पनि प्रदर्शनमा आएको छ। ‘वीर विक्रम २’ लाई मिलन चाम्सले चलचित्रको निर्देशन गरेका छन् ।

पल शाह , वर्षा सिवाकोटी नजिर हुसेन ,बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ ।नयाँ कथामा निर्माण भएकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।

हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।चलचित्रलाई मिलन चाम्स अपर्ण सापकोटाले निर्माण गरेका हुन् भने रन्जित सिवाकोटी सहनिर्माताको रुपमा रहेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here