फ्रान्सबाट कतार हुँदै काठमाडाैं आएकी एक महिलामा भेटियाे कोरोना

काठमाडाैं, १० चैत । फ्रान्सबाट चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

फ्रान्सबाट दोहा, कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया नेपाली युवतीमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती युवतीमा कोरोना संक्रमण देखिएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फ्रान्सबाट आएदेखि नै युवती होम क्वारेन्टाइनमा थिइन् भने हिजो नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ती युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

मन्त्री ढकालले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई मध्यनजर गर्दै एक हप्ताका लागि नाका बन्द गर्ने निर्णय सरकारले गरेको बताउनुभयो । नेपाल फर्किसकेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै मन्त्री ढकालले कोरोनोको लक्षण देखिएमा सरकारले तोकेको मापदण्ड अनुसार जुनसुकै अवस्थामा पनि राज्यले उपचारको व्यवस्था मिलाउने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित फलोअपमा आउनेहरुलाई केही दिन ढिला फलोअप गर्दा हुने अवस्थामा अस्पताल नबोलाउन अस्पतालहरुलाई निर्देशन दिनुभयो । केही दिन ढिला गरी शल्यक्रिया गर्दा पनि समस्या नहुने विरामीहरुलाई तत्काल नबोलाउन अस्पताललाई भनिएको छ ।

यसअघि चीनबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण देखिएको थियो । वुहानबाट आएका ती व्यक्ति १० दिनको उपचारपछि डिस्चार्ज भएका थिए । टेकुमा अहिलेसम्म ६ सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।News24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here