बजाजको पहिलो कार ‘क्यूट’को बिक्री भारतमा सुरु, यस्ता छन् विशेषता

0
27

Not found

लामो समयको प्रतिक्षपछि बजाज क्यूट भारतीय बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले आजबाट भारतीय बजारमा यसको बिक्री सुरु गर्न लागेको हो । कम्पनीले आफ्नो पहिलो कारको मूल्य २ लाख ६४ हजार भारतीय रुपैयाँ तोकेको छ ।

करिब ३ वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको बजाजको क्वाड्रीसाईकल अर्थात् क्यूट कार अब भने भारतीय बजारमा बिक्री वितरण हुने भएको हो । यसअघि यसको सुरक्षा मापदन्ड र कम क्षमताको इन्जिन भएकै कारण भारतीय बजारमा बिक्री वितरणमा रोक लागेको थियो ।

कम्पनीले भारतीय बजारमा यसलाई तीन पाङ्ग्रे रिक्साको बिकल्पको रुपमा बजाज कम्पनीले उत्पादन गरेको हो । भारतमा बजाजको तीन पाङ्ग्रे रिक्सा बजाज आरईको स्थान यसले लिने कम्पनीले विश्वास लिएको छ ।

यसलाई कम्पनीले तीन इन्जिन अप्सनमा बजारमा उतारेको छ । जसमा पेट्रोल, सिएनजी र एलपीजीले चलाउन सकिने इन्जिन दिइएको छ ।

यसमा दिइएको २१६ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड पेट्रोल इन्जिनले १३ पीएस पावर र १८.९ एनएम टर्क जेनेरेट गर्छ । साथै, यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । जुन गियर बक्स मोटरसाईकलको जस्तै रहेको छ ।

क्यूटमा चार जनाले यात्रा गर्न सक्ने छन् । जसमा चालक र एक यात्रुको लागि अगाडीको सिट हुनेछ भने, अन्य दुई यात्रु पछाडिको सिटमा बस्ने छन् । यसले प्रतिलिटर ३६ किमि माइलेज दिने बजाजले जानकारी दिएको छ ।

करिब ४०० किलोग्राम तौल रहेको यस कारको लम्बाई २७५२ एमएम, चौडाई १३१२ र उचाई १६५२ एमएम रहेको छ । ह्वीलवेस भने १९२५ एमएम रहेको छ । यसलाई प्रतिघन्टा ७० किलोमिटरको टप स्पीडमा कुदाउन सकिने छ ।

बजाजको आरई रिक्सा नेपाली बजारमा पनि सर्वाधिक बिक्री हुनेमा पर्छ यस्तोमा बजाज क्यूट नेपाल आउँछ वा आउँदैन भन्ने चासो धेरैलाई हुन सक्छ । चर, बजाजको आधिकारीक बिक्रेता एचएच बजाज स्रोतका अनुसार तत्काल यो क्वाड्रीसाईकल नेपाल ल्याउने विषयमा कुनै छलफल भएको छैन । यसको मतलव यो गाडी नेपाल आउने संभावना अत्यन्त न्यून छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here