बदनाम एसईई :- भोली हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्नपत्र पनि बाहिरियो

0
26

 १५ चैत्र २०७५, शुक्रबार प्रकाशीत

चैत्र १५ -यतिबेला देशभर एसईई परिक्षा चलिरहेको छ तर प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि एसईई परिक्षा नै बदनाम बनिरहेको छ । हिजोमात्र बिज्ञान बिषयको प्रश्नपत्र बाहिरिदा प्रदेश २ मा परिक्षा नै स्थगित बन्यो । त्यतीमात्र होईन आज हुने सामाजिक बिषयको पनि प्रश्नपत्र बाहिरिएपछि परिक्षा स्थगित हुँदा प्रदेश २ आज तनावग्रस्त बन्यो । मेहनत गरी परिक्षा दिन आएका बिद्यार्थीहरु परिक्षा दिन आउँदा स्थगित भएपछि आक्रोसित बिद्यार्थीले तोडफोड गर्दे बिरोध प्रर्दशन गरे । प्रश्नपत्र आउट हुने क्रम रोकिए । भोली शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ। शनिबारको यो विषयको प्रश्नपत्र पनि सामाजिक सञ्जालबाट नै बाहिरिएको हो ।

परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि शनिबारको परीक्षा तयारीबारे बुझ्न सम्बन्धित क्षेत्रमा खटिएका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाको टोलीले शनिबारको प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन्।   टोलीको अध्ययनबाट प्राप्त गरेको सूचनाको आधारमा प्रतिवेदन लेख्ने तयारी गरिरहेको छ। शिक्षा मन्त्रालय स्रोतका अनुसार उनीहरुले प्रश्नपत्र बाहिरिएको जानकारी मन्त्रालयमा गराइसकेका छन्।  प्रतिवेदन अध्ययनपछि शनिबारलगायत अन्य दिनका परीक्षा सञ्चालनबारे के गर्ने भन्ने निर्णय गरिने मन्त्रालयले जनाएको छ। लगातार प्रश्नपत्र बाहिरिएपछि बिद्यार्थीकै भबिष्यमा खेलवाड भईरहेको छ । तयारी गरिरहेका बिद्यार्थीहरु परिक्षा रद्ध गरिएपछि आक्रोसित बनिरहेका छन् ।कालिका एफेम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here