बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघले बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । आज बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी तोडफोड गरेको प्रहरीले जानकारी दिए । तोडफोडका क्रम बसको अगाडिको सिसा फुटेको छ ।

आदिवासी जनजाति महासंघले लोक सेवा आयोगको विभेदकारी विज्ञापन खारेज गर्नुपर्ने, समाबेशी आरक्षण कायम गर्नुपर्ने माग राख्दै बन्दको आह्वान गरेको छ । यसअघि हिजो संघले आज प्रदेश नम्बर १ र क्रमश अन्य प्रदेशमा पनि बन्दको आव्हान गर्ने जनाएको छ । Hamro Damak

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here