बम डिस्पोज गर्न गएका सैनिक घाईते, तीन ठाउँमा सिलिन्डर बम बिस्फोट

0
48

प्रकाशित मिति: बिहिबार, बैशाख ०५, २०७६

पोखरा वैशाख ५ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)ले आवहान गरेको नेपाल बन्दका दिन आज देशका विभिन्न स्थानमा शंकास्पद बस्तु तथा बम फेला परेका छन् । बन्दका दिन आज पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको बम डिस्पोज गर्ने क्रममा एक जना सेना घाईते भएका छन् ।

प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर फालिएको डेटोनेटर डिस्पोज गर्ने क्रममा सेना धर्मबहादुर थापा घाईते भएका हुन् । उनको हातमा चोट लागेको छ । त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । त्यसै गरी बिहीबार बिहान चितवनका तीन ठाउँमा सिलिन्डर बम बिस्फोट भएका छन् ।

विप्लव कार्यकर्ताले भरतपुर महानगरपालिका–१८ भीमनगरमा खेतमा लागेर सिलिन्डर बम बिस्फोट गराएका छन । त्यस्तै कालिका नगरपालिका–८ कालिका मन्दिर नजिकै बिहान ४ बजेतिर सिलिन्डर बम पड्किएको छ ।सर्वसाधरणलाई त्रशित बनाउन खैरहनी नगरपालिका–२ चैनपुरमा खोलामा लगेर पनि सिलिन्डर बम नै बिस्फोट गराइएको छ । यी विस्फोटनबाट कुनै पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here