बुटवलमा एक भारतीय नागरिककाे गाेली हानी हत्या

0
8

प्रकाशित मिति : Mar 28, 2019

बुटवल । बुटवल उपमहानगरपालिका– १ गडी टोलमा एकजना भारतीय नागरिकको हत्या भएकाे छ ।

भारत बेलियाका ४० वर्षीय फिरोज खानको बुधबार गाेली प्रहार गरी हत्या गरिएकाे हाे । खान बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका मजदूर रहेकाे खुलेकाे छ ।

उनीमाथि अज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । मल्लका अनुसार गोली लागेर घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

खान विगत एक दशकदेखि बुटवल मैनाबगरस्थित अटो वर्कसपमा काम गर्दै आएका थिए । आक्रमणकारी समूहकाे पहिचान हुन सकेकाे छैन । के उद्देश्यले गाली हानेकाे हाे साे कुरा पनि खुल्न सकेकाे छैन । तर प्रहरीले यसबारे खोजी तीव्र पारेकाे जनाएकाे छ । NEWS24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here