बेहुली लिन आएको जन्तीबस दुर्घटनाः २ को मृत्यु – १७ घाइते

0
23

काठमाडौं । भक्तपुरबाट जन्ती लिएर हेटौंडातर्फ जाँदै गरेको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षका विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षका नवराज परियार रहेका छन् ।

यस दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल र चुरे हिल अस्पताल लगिएको जानकारी गराइएको छ ।

भक्तपुरबाट जन्ती लिएर तीनवटा जन्तीबस हेटौंडातर्फ लागेको थियो, जस मध्ये सबै भन्दा पछाडिको बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटना भएको बसमा २८ जना सवार थिए ।News24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here