भरतपुरमा एउटै परिवारका तीन जनाले गरे एक साथ आत्महत्या

0
441

भरतपुर, चैत्र २२ – भरतपुरमा एउटै परिवारका तीन जनाले एक साथ आत्महत्या गरेका छन् ।भरतपुर महानगरपालिका–१८ शशीनगरका एउटै परिवारका आमा, छोरा र छोरीले एक साथ आत्महत्या गरेका हुन् । उनीहरु भरतपुर १८ शशीनगरको शहरी क्लिनिक टोलमा बसोबास गर्दै आईरहेका थिए ।

तिनै जनाले सलको पासो लगाई झुण्डिएर आत्मा हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर भित्र एकै स्थानमा अन्दाजी ३३/३४ बर्षकी आमा माया आलेमगर, अन्दाजी १३/१४ बर्षकी छोरी विनिता र अन्दाजी ११/१२ वर्षीय छोरा विवेकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

आमाले नै छोराछोरीलाई झुण्डाएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुसील सिंह राठौरले जानकारी दिए ।


आत्मा हत्या गरेकी मायाकी श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा कार्यरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here