भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री

0
10

नेपालगञ्ज / भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् ।

भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि एक साता लाग्छ कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् । ‘फर्मलिन (लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल)सहितको माछा आन्धप्रदेशबाट ६ दिनभित्र नेपालगञ्ज आउँछ,’ नेपालगञ्जको हिमालय अर्डर एन्ड सप्लार्यसका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ ।’नेपालगञ्जमा झन्डै आधा दर्जन थोक माछा सप्लार्यस छन् । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here