भूपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरे रमेश लिम्बूको‘सुनै सुनको… लाई

0
55

काठमाडौं। छायांकनमा विशेष दखल राखेको भूपेन्द्र तुम्बाहाम्फेले पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा सक्रिय भएका छन् ।पदम किरातीको रचना, ताराप्रकाश लिम्बूको संगीत र रमेश लिम्बूको स्वरमा रहेको गीत ‘सुनै सुनको…’ लाई तुम्बाहाम्फेले निर्देशन गरेका हुन् ।

सुनै सुनको गीतको भिडियोमा सम्पदा बानिया र विक्रम श्रेष्ठले अभिनय गरेका छन् ।भिडियो रोशन लावतीले निर्माण गरेका हुन् । भिडियोका लागि विमला तामाङको श्रृङ्गार, विकास धमलाको सम्पादन, सहायक छायांकन अरुण बरुण न्यौपाने, निर्माण नियन्त्रक रुपन सिवा र छायांकन स्वयं निर्देशकले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here