भोलिबाट हुने भनिएको SLC एसईई परिक्षा स्थगित

0
87

काठमाण्डौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ ।

 

 

उपप्रधानमन्त्री पोखरेलले भने, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ ।“

अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here