मधेसमा फेरि जलिन् महिला : पत्नीमाथि ज्युँदै आगाे लगाएर पति फरार, सासु प्रहरी नियन्त्रणमा

0
42
धनुषा । पछिल्लो समय धनुषा लगायत मधेसका जिल्लाहरुमा छोरीहरु असुरक्षित भइरहका छन् । ज्यँदै जलाइएका घटनाहरु एकपछि अर्काे गरी बाहिरिएका छन् ।

प्रदेश- २ सरकारले ‘बेटी पढ़ाऊँ बेटी वचाऊँ’ योजना अगाडि बढाइरहेकै बेला यहाँ छोरी-चेलीहरु असुरक्षित भइरहेका छन् । यसले सरकारको योजनामाथि नै प्रश्न चिन्ह मात्र उठाएकाे छैन, चुनाैती समेत थपकाे छ ।

धनुषामा एक नवविवाहिता चेली निर्मला यादवलाई उनकै पतिले मट्टीतेल छर्केर जलाएको घटनाको दुई साता नबित्दै सिरहामा पुन: एक महिलालाई ज्युँदै जलाइएको छ ।

घरायसी विवादमा सिरहा नगरपालिका- ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनकै पति र सासु मिलेर जलाइएको हो ।

बिहीबार बिहान करिब ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर जलाइएको छ । आगोले उनकाे शरीरको ८० प्रतिशत भाग जलेको छ, अवस्था गम्भीर रहेको छ ।

घटनापश्चात् कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

कञ्चनलाई घटनाकै बेला उद्धार गरेर प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि अहिले उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार विहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं’, उहाँले भन्नुभयो ‘हामी घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजी कार्य जारी रहेको छ । घटना कसरी भएको हो भन्ने यकिन गर्न सकिएकाे छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

गत वैशाख ५ गते मात्र धनुषाको शहिदनगर नगरपालिका १ पुरवारी टोल चिरैयाकाी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टी तेल खन्याएर आगो लगाएका थिए । घरायसी विवादको क्रममा घरमा कोही नभएको मौकाछोपी लागुऔषध सेवनको कुलतमा फँसेका मुकेशले निर्मलाको हात खुट्टा बाँधेर जिउमा मट्टी तेल खन्याई आगो लगाएर ढोका बन्द गरी फरार भएका थिए । त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए ।

यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई थप उपचारको लागि काठमाडौंको वर्ण हस्पिटलमा भर्ना गरिएको छ । निर्मलाको पनि शरीरको ४० प्रतिशत भाग जलेको छ । उनी अहिले जीवन मरणको संघारमा शैययामा छिन् । त्यो घटना सेलाउन नपाउँदै अर्की सिरहामा अर्की छोरी जलाइएको छ । News24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here