महिलालाई आकर्षित गर्न यसो गर्नुस्

0
102

काठमाडौं । सम्बन्धमा सधै राम्रो र सधै नराम्रो
भन्ने हुँदैन् ।
एकअर्काको कतिपय भावना अनि चाहनाको सम्मान
गर्दै अगाडि बढेमा सम्बन्धलाई सफल बनाउन सकिन्छ ।
त्यसो त महिलाहरू आफ्नो जीवन साथीले स–साना
कुरामा पनि ख्याल गरिदिओस् भन्ने चाहना राख्छन् ।

धेरै श्रीमान श्रीमतीविच माया बढी दर्शाउने वा
देखाउने शब्द हो ‘आइलभयु’ ।
धेरैले‘आइलभयु’ भन्दा सम्बन्धमा अझ विश्वास थपिने
मान्यता राख्छन् ।
तर, त्यसका अलावा अरु पनि गर्न सकिन्छ ।
मायालु पाराको स्पर्श, विहानको समयमा चुम्बन
लगायतले पनि आफ्नो जीवनसाथीको
मन जित्न सकिन्छ ।
तपाईको साथीलाई पनि बोली भन्दा तपाईले
गरेको स्पर्श बढी मनपर्न सक्छ ।
आउनुहोस् जानौ महिलालाई आकर्षित गर्ने पुरुषहरूका यी बानीहरूः

तपाईमा कस्तो परिवर्तन चाहान्छिन त ?

जानी नजानी धेरैपटक तपाईको बानीले तपार्ईको पार्टनरले असहज महशुस गरेकी हुन्छिन् ।
त्यसकारण पनि तपाईले आफ्नो साथीलाई सोध्नु जरुरी हुन्छ कि, के गर्दा उनलाई सहज महशुस हुन्छ ।
यस्तो अवस्थामा तपाईको पार्टनरलाई भन्न सजिलो हुन्छ कि, तपाईमा उनले कस्तो परिवर्तनको अपेक्षा
राखेकी हुन्छिन भन्ने ।
तपाईको साथीलाई नराम्रो लाग्ने कुराहरू गर्नबाट
यसले तपाईलाई बचाउने र सम्बन्धमा नयाँपन
ल्याउनुका साथै उत्साह जगाउँछ ।

कहाँ जाने मन छ ?

आर्थिक कारणले तपाई आफ्नो पार्टनरलाई विदेशमा
घुमाउन लैजान सकिरहनु भएकोछैन ।
आर्थिक अभावका कारण पनि खुसीहरू टाढा भाग्छन्भ
नेजस्तै आर्थिक पीडाले पनि दम्पत्तीको मुहारबाट खुसी खोसिएको हुन्छ भन्दा फरक नपर्ला ।
तर, तपाई आफ्नो साथीलाई सपिङ मल,
घुम्नका लागि कतै गार्डेन वा रमाइलो ठाउँमा पनि लैजान सक्नुहुन्छ ।
नेपालमा शनिबार बिदा हुने भएकोले शुक्रबार
राति नजिकको कुनै रिर्सोट वा कुनै होमस्टे रहेको ठाउँमा बास बस्ने गरी जान सक्नुहुन्छ ।
त्यसबाट उनलाई खुसी बनाउन सक्नुहुन्छ ।
यसले पनि तपाईको दाम्पत्य जीवनमा अझै उत्साह थप्छ ।

मेरो साथ तिमीलाई कस्तो लाग्छ ?

हुन त कमै दम्पत्तीमा यस्तो प्रश्न पुरुष वा
महिलाले गर्छन् ।
बिहेपछि मेरै हो वा प्रेमपछि मेरै हुने हो भन्ने मानसिकताले बढी गाँजेको पुरुषमनमा घर
बनाउनाले ‘अब मेरै त हो नि’ भनेर खासै ख्याल गर्दैनन् । तर पनि सम्बन्ध भनेको हरेक
पटक सम्झौता गर्दै अघि बढ्नुपर्छ भनिन्छ ।
त्यसैले आफ्नो साथीको हरेक पल ख्याल गर्नु पर्नेहुन्छ । त्यसैले सम्बन्ध अगाडि बढाउँदै लैजाने
क्रममा तपाईले यो सोध्न जरुरी हुन्छ कि,
तिमीलाई मेरो साथ कस्तो लागेकोछ ?
यसले पनि तपाईको सम्बन्ध अझ बलियो
बनाउन सहयोग गर्दछ ।

माया अघि बढाउनका लागि के गरुँ ?

यस्तो प्रश्नले तपाईको साथीलाई केही समय
अचम्म त बनाउँछ । यदि तपाईको साथीबीच
तपाईको सम्बन्ध राम्रो रहेको छ र उनी खुसी
छन् वा उनलाई बोल्ने स्वतन्त्रताको भरपुर
उपयोग गर्न दिनु भएको छ भने उनले तपाईलाई
जरुर भन्नेछिन् कि, यस्तो गर्नुस् भनेर ।
अन्यथा उनले मनमनै मलाई यसरी माया गरिदिए
हुन्थ्यो, यस्तो गरेमा मायाको डोरी अझ लामो
बनाउँदै जान सकिन्थ्यो भनेर सबैकुरा मनभित्रै
गुम्साएर मात्र राख्नेछिन् ।

के गरौं, जो कहिले नगरेको होस् ?

यसले तपाई दुवैजनालाई उत्साहित गरिदिन्छ ।
तपाई यस्ता फरक विषयमा सोचिरहनुहुन्छ कि,
जबसम्म तपाई दुवैजना सहि नतिजामा पुग्नुहुन्न,
कोशिष गर्नुहोस् कि, जसले तपाईको साथी र
तपाईलाई अझ नजिक बनाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here