मुस्लिम समूह को परम्परा निभाउने नाममा लिङ्गको टुप्पो काट्दा महोत्तरीमा दुई महिने बालकको मृत्यु

प्रकाशित मिति : Apr 09, 2019

महोत्तरी । महोत्तरीको लोहारपट्टि नगरपालिकामा दुई महिने बालकको लिंगको टुप्पोको बाहिरी छाला काट्दा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको छ । सोमबार राति इस्लाम धर्मको परम्परा निभाउने नाममा सोही नगरपालिका ५ का आशिक शेषका दुई महिने छोरा फिरोज शेष को मृत्यु भएको हो ।

धर्मअनुसार बालक खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काट्ने) गरिएको प्रहरीले जानकारी दिएको छ । खतना काटेपछि बालकको अत्यधिक रक्तस्राव भएको थियो ।

इस्लाम धर्मअनुसार परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाएर बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरेर खतना गरेका थिए । तर बालकको अत्यधिक रक्तस्राव भएपछि बालकलाई उपचारका लागि लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार घटनाबारे अनुसन्धान गरेर सम्बन्धित व्यत्तिmलाई पक्राउ गर्न प्रहरी टोली खटाएको छ । न्युज 24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here