मेलिना राई र प्रताप दासको नयाँ गीत”बारुली कम्मर”सार्वजनिक

0
21

काठमाडौँ / चर्चित गायिका मेलिना राई र प्रताप दासको स्वर रहेको गीत”भाचि देउ कि बारुली कम्मर”बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।सुरेश घोन्दय गुरुङ्गको शब्द शृजनामा रहेको गीतमा राजिव शाहले संगीत भरेको गीतमा राजिव शाहकै एरेन्ज रहेको छ ।

सार्वजनिक भिडियोमा चर्चित मोडल अलिशा राई र भिमफेदी गाइजको धमाकेदार अभिनय रहेको छ ।
निर्मल कुमार लामाको निर्देशनमा तयार भएको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन पवन सुस्लिङ्गले गरेका हुन् ।भिमफेदी गाइज युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भाचि देउ कि बारुली कम्मर गीतको भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here