मोटरसाईकल ठक्करवाट मृत्यु

0
22

दमक ,१ चैत । यात्रुवहाक वसको ठक्करवाट झापाको कमल गाँउपालिका ४ स्थित चुलाचुली मोडमा आज साँझ एक जना मोटरसाइकल चालकको मृत्युभएको छ ।

मृत्युहुनेमा झापा, दमक ५ का ३२ बर्षिय जीवन लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मे.८ प. ६१६० नम्बरका मोटरसाइकलमा सवार लिम्बुको मोटरसाईकल र पश्चिमबाट पूर्व तर्फ जादैगरेको मे.१ ख.२५३६ नम्बरको यात्रुवहाक वस आज साँझ ७ वजेतरि एकापसमा जुधेको थियो ।
ठक्करवाट सख्त घाईते लिम्बुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बसलाई अनुसन्धानका लागि केर्खा प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here