यस कारण गरिएको रहेछ ९ जनाको बीभत्स हत्या !हेर्नुहोस

0
674

On यस कारण गरिएको रहेछ ९ जनाको बीभत्स हत्या !हेर्नुहपाँचथर। मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ ।

प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो ।गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको थियो । रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिम धनराजका आफन्त हुन् ।

पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्यको हत्या गरेको बयान दिएकी छिन् ।

प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन् ।

‘परिवारका सदस्यमाथि खुकुरी प्रहार भएपछि म कसैले थाहा नपाउने गरी भागें’, उनले प्रहरीसमक्ष भनेकी छिन् । स्थानीयको सम्पर्कमा बिहान आएकी सीतालाई प्रहरीले आफूसँगै राखेको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालयमा छिन्।घटनास्थलमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटाइसकेको छ।

प्रदेश नम्बर एकबाट पनि कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ।‘घटनामा बालिकाले दिएको बयानलाई आधार बनाएर हामीले अनुसन्धान सुरू गरिसकेका छौं’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने,‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले घटनामा एक जनामात्रै सहभागी भएको देखाउँछ।’प्रहरी स्रोतका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ।‘हामीले विभिन्न कोणबाट अनुसन्धान गर्दा र बालिकाले दिएको हुलियाका आधारमा हत्याराको पहिचान गरिसकेका छौं’।

एक अनुसन्धान अधिकृतले भने, ‘जो पहिचान गरिएको हो, उनको घरमा बिहान प्रहरी पठाउँदा उनी घरमा पनि छैनन्।’प्रहरीले पारिवारिक रिसिइबीका कारण दुई परिवारका ९ जनाको हत्याएको निश्कर्ष समेत निकालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here