यी १२ किसिमका मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् !

0
563

काठमाडौं । धनी बन्ने रहर सबै मानिसको हुन्छ ।
तर अक्सर मान्छेले गरिबी मै आफ्नो जीवन व्यतित गर्छ। मानिस गरिबी हुनुमा विभिन्न कारण हुन्छ र कमजोरीहरु
हुन्छन् । आज हामी त्यही कारण र कमजोरीहरु उल्लेख
गर्न गइरहेका छौँ ।
यस्ता मानिसहरु जसले जीवनमा कहिल्यै धन कमाउन
सक्दैनन् ।

१.सपना देख्ने क्षमता नभएका व्यक्ति :

सपना देख्ने क्षमता नभएका व्यक्तिहरु कहिल्यै
पनि धनी बन्न सक्दैनन् किनभने उनिहरुसँग
जीवनको कुनै लक्ष्य नै हुँदैन ।
उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने,
कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ ।

२.समयको महत्व नबुझ्ने मानिस : समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न
सक्दैनन् ।
आजको युगमा जो मानिस समयको गतिसँगै
दौडिन सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ ।
त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र
धन आर्जन गर्न सकिन्छ ।

३.कमाई अनुसार बचत नगर्ने मानिस : कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् ।
धनी हुनको लागि निश्चिय पनि बचत गर्नुपर्छ ।
यदी तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने
तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न ।

४.समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिस : समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिसहरु पनि
धनि बन्न सक्दैनन् ।
त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छाशक्क्ति हुनु जरुरी हुन्छ ।

५.संकिर्ण सोचाई भएका मानिसहरु : संकिर्ण र सकिर्ण सोचाइ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न
सक्दैनन् ।
साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने
सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता
हात पादैनन् ।

६.भाग्यमा विश्वास गर्ने मानिस : भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् ।
यस्ता मानिसहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् ।

७.ऋण लिने र अस्वस्थ्य व्यक्तिः ऋण लिने मान्छे र अस्वस्थ्य व्यक्ति पनि कहिल्यै धनी बन्न सक्दैनन् ।
यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् ।

८.मनोबल कमजोर भएका व्यक्तिहरु : आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै
जीवन बिताउँछन् ।

९.अरुलाई अपमान गर्ने व्यक्तिहरु : अरुलाई अपमान गर्ने व्यक्तिहरु पनि कहिल्यै धनि बन्न सक्दैनन् ।
किनकि धनी बन्न र सम्मान पाउन अरुलाई पनि
सम्मान गर्नुपर्छ ।

१०.स्त्रीलाई अपमान गर्ने मानिस :
स्त्री अर्थात नारीहरु शक्ति हुन ।
लक्ष्मीको रुप हुन् ।
त्यसैले स्त्री अर्थात नारीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् ।
नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन ।

११.लगनशील भएर कर्म नगर्ने मानिस : जीवन धेरै संघर्षशिल छ ।
जसले मेहनत र संघर्ष गर्छ उसले
मात्र सफलता हात पार्न सक्छ ।
त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् ।

१२. कुलतमा फसेका व्यक्ति : कुलतमा फसेका व्यक्तिहरुले पनि जीवनमा धन हात पार्न सक्दैनन् ।
यीनिहरु कहिल्यै धनको सदुपयोग गर्न जान्दैनन् ।
जतिसुकै कमाउने मानिस किन नहोस् यदि ऊ
कुलतमा फसेको छ भने कहिले धनी बन्न सक्दैन् ।

माथि उल्लेखित बानीहरु सुधार गर्दै जानुभयो
भने तपाईलाई धनी बन्न कसैले छेक्दैन ।

भगवान बुद्धले भनेका छन् :
१.संसारमा दुःख छ ।
२.दुःखका कारण छन् ।
३.दुःख हटाउन सकिन्छ ।
त्यसैमा रमाउन जान्ने मान्छेले नै जिवनमा
सुख प्राप्त गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here