लाइफलाइनमा भेन्टिलेटरसहित ३० बेडको कोभिड वार्ड

दमक/ दमकस्थित लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको छुट्टै कोभिड वार्ड शुरु गरेको छ । अस्पतालको ४ तले भवनमा कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.सुर्यनारायण शाहले विशेषज्ञ सेवा सहित कोभिडका विरामीहरुको उपचारका लागि कोभिड वार्ड सञ्चालनमा ल्याइएको बताए ।

आईतवार दमक नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेका छन् । उनले प्रदेश तथा ंसंघीय सरकारसंग समन्वय गरेर आवश्यक सहयोग जुटाउन प्रयत्न गरिने पनि बताए ।

अस्पतालका अध्यक्ष डा.मुक्तिनाथ भट्टराईले बेड क्षमता अनुसार कोभिडका विरामीहरुलाई भर्ना लिईने बताए । अस्पतालमा आउने जो कोही बिरामीलाई बिना भेदभाव उपचारको व्यवस्था मिलाइनेछ , यो विपतको घडीमा हाम्रो तर्फबाट गर्नुपर्ने सबै प्रयत्नहरु हामी गर्नेछौं – अध्यक्ष डा. भट्टराईले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here