‘विन्डोज ७’ आज देखि बन्द

0
58

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ७ का लागि अपडेट नदिने भएकाे छ ।
मंगलबारदेखि अपडेटका प्याच उपलब्ध नगराउने गरी साे अपरेटिङ सिस्टम बन्द गर्ने भएकाे हाे ।
तर याे अपरेटिङ सिस्टमले अहिले नै काम
नगर्ने हाेइन, नयाँ अपडेट गर्न मात्र नपाइने हाे ।
अपडेट नहुँदा सुरक्षाा खतरा भने आउनसक्छ ।

नयाँ प्रविधिमा जानको लागि कम्पनीले विन्डोज ७ बन्द गर्न लागेको आफ्नो वेबसाइटमार्फत् जानकारी दिएकोे हो । कम्पनीले प्रयोगकर्तालाई तत्कालै नयाँ भर्सन अपग्रेड गर्न सुझाव दिएकाे छ ।

स्टाट काउन्टरको तथ्यांक अनुसार अहिले पनि विन्डोज प्रयोगकर्ता मध्येमा एक चौथाइले विन्डोज सेभेन भर्सन नै प्रयोग गरिरहेका छन् ।

विन्डोज सेभेन भर्सन प्रयोगकर्ता बढेसँगै ह्याकरले यसलाई निसाना बनाउँदै आएका थिए । कम्पनीले आजदेखि विन्डोज सेभेन भर्सनमा देखिने समस्या समाधन गर्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here