वैठक सम्पन्न,लकडाउन वैशाख ३ गतेसम्म थपियो, राष्ट्र बैंकको गभर्नरमा अधिकारी,

0
131

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।

यसैबीच सरकारले पछिल्लो पटक थपेको लकडाउनको समायावधि भोलि मंगलबार राति १२ बजे समाप्त हुन अघि पुनः बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here