श्रीमान विदेश गएको ४५ दिनमा छोरासहित श्रीमती वेपत्ता, कसैले देखेमा सम्पर्क गरिदिन आग्रह

0
18

अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिका,मैदान-अमजा लहरे धारा घर भएकी २२ वर्षीया महिला छोरासहित वेपत्ता भएकी छन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका, मूर्ति माइत भएकी अम्बिका बेलबासे वेपत्ता भएकी हुन् ।

उनका श्रीमान वैदेशिक रोजगारीका लागि दुबई पुगेको ४५ दिनमा (फागुन २२ गते) उनी वेपत्ता भएकी हुन् । यही फागुन २१ गते राति सुतेकी अम्बिकालाई दाेस्राे दिन विहान सासुले विँउझाउन जाँदा कोठामा भेटेकी थिइनन् । २१ महिने छोरा आर्यन बेलबासेलाई पनि आफुसँगै लगेर उनी घरबाट गएको हुनसक्ने बताइएको छ ।

उनी हराएको जानकारि गराउँदै कसैले देखेमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । छोरासहित हराएकी अम्बिकालाई कसैले देखे र भेटेमा ९८४००४१३६३, ९८११४५३५५०मा सम्पर्क गरिदिन
सम्पर्क व्यक्ति नारायण घिमिरेले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here