सबै प्रकारका गीतहरुलाई न्याय गरेर गाउन सक्ने क्षमता राख्छिन-गायिका अप्सरा बिस्ट

0
89

काठमाडौं। गायिका अप्सरा बिस्ट हाल गणेश रिजालसँग इटहरीमा ६;महिना देखि संगीत प्रशिक्षण लिदै छिन्। मिलनसार स्वाभावकी अप्सरा बिस्टको सानैदेखि नेपाली गीत गाउने खुबै रुचि थियो । त्यही रुचि आज आएर पूरा गरेको उनी सुनाउँछिन् । फुर्सदको समयमा गुनगुनाउन रुचाउँने अप्सरा भन्छिन् ‘म बाल्यकालबाटै गाउन रुचाउँथे ।

गीत संगीमै भबिष्य बनाउने सुन्दर सपना बोकेकी अप्सरा भन्छिन्,‘तर जिवनमा सधैं चाहेको जस्तो नहुनेरहेछ ।’सुन्दर परिवारलाई छोडेर गीत संगीतको लागि एक्लै बन्न पुगेकी उनी हाल पुर्वाञ्चलकै ईटहरीलाई कर्मथलो बनाउँदै आएकी छिन ।आफन्त साथीसंगीलाई खुशी दिने अप्सराले संगीत क्षेत्रमा कभर गीत गाएर अहिले निकै चर्चामा आएकी छिन्।


अप्सरा भन्छिन्”मैले कहिले पनि सोचेको थिइन सांगीतिक यात्राको सुरुवातमै मलाई यति धेरै साथ सपोर्ट मिल्छ भनेर’उनी भिन्छन् । कभर गीत गाउन थालेपछि एक किसिमको भित्री मनबाट गीत गाउने उत्साह र आफन्त अनि साथीसंगी र सँगै संगीत प्रशिक्षणलिनेसाथी र गुरुबाट धेरै हौसला पाएकी छु;उनी बताउँछिन् ।

कभर गीतबाटै पुर्वाञ्चलमा आफू चिनिएको बताउँने अप्सरा भन्छिन्, ‘मैले अहिले सम्म धेरै कभर गीतहरु गाउँदै गए र सबै दर्शकले मन पराइ दिनुभयो । मैले भर्खरै रुद्र श्रेष्ठको संगीतमा रहेको धेरै चर्चित गीत “धरान धनकुटा भेडेटार” बोलको कभर गीत गाएकी छु मन पराई दिनु हुन्छ भनि विश्वास गरेकी छु।परिवार र दर्शकबाट साथ र सहयोग पाएकी बताउँदै अप्सरा बताउछिन । आगामी दिनमा पनि गीतसंगीतलाई निरन्तरता दिँदै जाने अप्सरा बताउछिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here