साउदीमा मोटरसाइकल दुर्घटना हुँदा पथरीको एक युवकको मृत्यु

पथरी : वैदेशिक रोजगारीकोक्रममा साउदी अरेबियामा रहेका मोरङको पथरीशनिश्चरे १० का एक युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

पथरीशनिश्चरे १० ऐयाबारीका सनम चाम्लिङ राईको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको उनको परिवारश्रोतले जानकारी दिएको छ । साउदीमा कुरियर मोटरसाइकल चालकका रुपमा कार्यरत रहेका थिए । उनको मोटरसाइकललाई अर्को सवारीसाधनले ठक्कर दिदा मृत्यु भएको हो ।

मृतकको शव नेपाल ल्याउने प्रयास भइरहेको छ । ३ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी पुगेका राई यसै वर्ष नेपाल फर्किने योजनामा रहेका थिए ।  (www.kapurinews.com)

           नारी शक्ति  यो पनि हेर्नु होला ।

         युटुब बाट कमाउने तरिका नेपाली मा 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here