सुजुकी आर्टिगा र बलेनो १० लाख सस्तो हुने

0
36

काठमाडौं । मारुती सुजुकीले स्मार्ट हाइब्रिड टेक्नोलोजी भएको कार नेपाल ल्याएको छ । कम्पनीले स्मार्ट हाइब्रिड टेक्नोलोजीको आर्टिगा र बलेनो नेपाली बजारमा ल्याएको हो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट हाइब्रिड कारमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा छुट दिएसँगै हाइब्रिड कार आउन सुरु गरेको हो ।

चौधरी ग्रुप अन्तर्गतको केएमसी अटोमोवाइलले मारुती सुजुकीको बलेनो र आर्टिगा हाइब्रिडमा नेपाल ल्याएको हो ।

कम्पनीले ल्याएको उक्त हाइब्रिड कारमा भन्सार शुल्क ४० प्रतिशत र अन्तःशुल्क ३० प्रतिशत लगाईको छ भने १३ प्रतिशत भ्याट र सडक दस्तुर वापत ८ प्रतिशत कर लगाइएको छ ।

कम्पनीले यसअघि ल्याउदै आएको बलेनो र आर्टिगाको मूल्य करिब ३८ लाख रुपैयाँ हाराहारीमा पर्ने थियो भने अब आउने यी कार करिब २८ लाख रुपैयाँ हारहारीमा पर्नेछ ।

के हो स्मार्ट हाइब्रिड ?

स्मार्ट हाइब्रिड टेक्नलोजीले गाडीलाई पूर्ण रुपमा चलाउने नभई आईसी इन्जिनले चल्ने गाडीलाई सुरुमा गतिलिन र  फिउल खपत कम गर्नमा सघाउ पुर्याउँछ । यो टेक्नलोजीको कारमा थप लिथियम आयन व्याट्री रहेको हुन्छ, जसको सहायताले गाडीलाई स्थीर रहेको अवस्थाबाट उठाउँदा चक्कामा थप शक्ति प्रदान गर्छ, फलस्वरुप गाडीले तुरुन्तै गति समात्न सक्छ ।

यो टेक्नलोजीले गाडी जाममा परेको वा निश्चीत समयभन्दा बढी रोकिएमा आफै स्टार्टरअफ गर्ने गर्छ । गाडी अगाडि बढाउनु पर्दा आफै स्टार्ट भई गाडी अगाडि बढ्छ । यसरी रोकिएको अवस्थामा गाडीको अन्य फङ्सनहरु भने व्याट्री पावरले चलाएमान राख्छ ।

यसमा रहेको व्याट्रिको चार्ज भने रिजेनरेट ब्रेकिङ सिस्टमबाट हुने गर्छ । जब जब गाडीलाई ब्रेक लगाइन्छ उक्त समयमा ब्रैकसँगै जोडिएको रिजेनरेट सिस्टम अन हुन्छ र यसमा रहेको लिथियम आयन व्याट्री चार्ज हुन थाल्छ । ओरालो बाटाहरुमा लामो समयसम्म ब्रेक लगाइ रहने हुनाले ओरालो बाटोमा यसले छिटो काम गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here