सैनिक दिवसः प्यारासुट नखुलेपछि सुन्धारामा टेलिकमको भवनमाथिबाट भुइँमा बजारिए सैनिक

0
37

काठमाडौं। सेना दिवसको अवसरमा नेपाली सेनाले राजधानीको टुँडिखेलमा सैनिक कौशल देखाउने क्रममा एक सैनिक दुर्घटनामा परेका छन् ।

नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी सुन्धारास्थित नेपाल टेलिकमको भवनमाथिबाट भुइँमा बजारिएका हुन् । उन हेलिकप्टरबाट प्याराग्लाइडिङ कौशल देखाउने क्रममा दुर्घटनामा परेका हुन् । 

हेलिकप्टरमा गएका हवल्दार घण्डारीले टेलिकमको भवनमाथिबाट हाम्फालेका थिए । तर, उनले हाम्फालेसँगै खुल्नुपर्ने प्यारासुट नखुलेपछि उनी भुइँमा बजारिए । सेनाको हेलिकोप्टरबाट प्यारासुटमार्फत टुँडिखेलमा झर्नुपर्नेमा उनको प्यारासुट नखुल्दा उनी सिधै तल झरेका थिए। घाइते भण्डारीलाई उपचारका लागि वीर अस्पतालमा लगिएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए। (DC-NEPAL)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here