हतियार सहित डाँका समुह पक्राउ

0
44

जनकपुर , मिति २०७६।०२।०८ गते राती अन्दाजी २१:१५ वजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा. वडा नं. ८ विहार कुण्ड स्थित जानकी विहारको महन्त नारायण शरणको वासस्थानमा नगद र मन्दिरमा रहेको सुन चाँदी लगाएतका गरगहनाहरु डाँका गरी लुटी लैजाने उद्देश्यले सोही दिन दिउसो छिमेकी देश भारतको विहारवाट भारतीय नं. प्लेटको २ मो.सा. तथा एक स्कुटर सहीत ८ (आठ) जनाको अपराधिक समूह हातहतियार सहित आई जिल्ला धनुषा जनकपुर उ.म.न.पा. वडा नं. ८ महाविर चोक स्थित लभलि होटलमा आई बसी रातको समयमा अँध्यारोको मौका उठाई डाँका गर्दैछन् भन्ने सूचना प्रहरीलाई प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी ईकाई कार्यालय जनकपुर, २ नं. प्रदेश प्रहरी कार्यालय तथा प्र.प्र.का. समेतको संयुक्त प्रहरी टोली खटी गई निजहरुलाई घेरा हाली नियन्त्रणमा लिन खोज्दा निजहरुले बोकी ल्याएको हतियार फायर गरी भाग्ने क्रममा प्रहरीको तर्फवाट समेत पेस्तोलद्वारा फायर हुँदा भारत देश बिहार प्रदेशको समस्तीपुर जिल्ला बस्ने वर्ष २४ को रबि मल्लिक डोमलाई गोली लागी घाईते भई उपचारको लागि जनकपुर अंचल अस्पतालमा लगिएको, घटनास्थलबाट घाईते सहित निम्न ७(सात) जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएकोमा, लवली होटलमै वसेर वारदात पछि स्कुटर चढी फरार भएका भारत बिहार मधुवनि, साहरघाट बस्ने वर्ष ३८ को पप्पू भन्ने संजय कुमार साह सुमनलाई महोत्तरी जिल्लाको मटिहानीबाट BR07AG1581 नं. को स्कुटी चढी भाग्दै गर्दा पक्राउ गरी यस कार्यालयको हिरासतमा राखीएको ।

 

घटनास्थलवाट २(दुई) राउण्ड गोली लोड गरीएको पेस्तोल १ नाल, २(दुई) राउण्ड SLR को गोली, कटुवा पेस्तोल १ नाल, खुकुरी १ थान, भारतीय नं. प्लेटको स्कुटर थान १ र मोटरसाईकल थान २ समेत वरामद भएको ।

थप अनुसन्धान कार्य भई रहेको ।
नियन्त्रणमा लिइएका व्यक्तिहरु :-
१. भारत देश बिहार प्रदेशको समस्तिपुर जिल्ला गदोपुर बस्ने रणजित मल्लिकको छोरा वर्ष २० को रबि मल्लिक डोम (घाईते)
२. भारत देश, बिहार प्रदेश समस्तिपुर जिल्ला सिमरी वडा नं.८ बिद्यापति नगर थाना बस्ने भुषण रजकको छोरा वर्ष २० को साहिल रजक (विवेक)
३. ऐ.ऐ.पटौरी वडा नं. ३ बस्ने शिवचन्द्र सिंहको छोरा वर्ष २४ को अजित कुमार सिंह ।
४. ऐ.ऐ.भगवानपुर चक्सीव वडा नं.४ बस्ने सिंहेश्वर रायको छोरा वर्ष २८को सुजित कुमार राय ।
५. ऐ.ऐ.महोदीनगर वडा नं. ६ बस्ने शोभाकान्त सिंहको छोरा वर्ष ३० को अमित कुमार सिंह ।
६. ऐ.ऐ. वडा नं. २ बस्ने राम सागर रायको छोरा वर्ष २० को अमित कुमार यादव ।
७. ऐ.ऐ.जिल्ला मधुवनी साहरघाट वडा नं. ५ बस्ने शिवशंकर भगतको छोरा वर्ष ३२को रंजित कुमार भगत ।


८. भारत देश, बिहार प्रदेश मधुवनी जिल्ला साहरघाट वडा नं.८ बस्ने हितलाल पंजियारको छोरा वर्ष ३८ को पप्पु भन्ने संजय कुमार सुमन (मटिहानीबाट पक्राउ )

बरामद हातहतियार:-

१. MADE IN USA -1110-7.65 MM लेखेको पेस्तोल थान- १
२. सो को म्यागजिन थान- १
३. सो को गोली थान-२
४. सो को खोका थान-१
५. चेम्वरमा गोली लोड रहेको कटुवा पेस्तोल थान- १
६. सो को गोली राउन्ड १
७. खुकुरी थान १
८. मोवाइल थान ३
९. आधार कार्ड -१
१० मोवाईलको ब्याट्री थान १
११. गाडीको कार्ड १
बरामद सवारी साधनहरु:-
१.BR32S0895 नं. को पल्सर मो.सा.
२. BR32R8213 को ग्यालमर मो.सा.
३. BR07AG1581 नं. को स्कुटी

( जिल्ला प्रहरी कार्यलय धनुषा जनकपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here