हेपाटाइटिस भनेको के हो ? यो रोग कस्लाई लाग्छ ? कसरी थाहा पाउने ? यौन सम्पर्क गर्दा पनि लाग्न सक्छ यो रोग

न्युज झापा पछिल्लो  समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो ।

हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन् । नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ ।

सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दायाँ कोखामा अप्ठ्यारो हुनेलगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सकको भनाइ छ ।

संसारमा हेपाटाइटिस बि र सीबाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदरभन्दा डाक्टरहरु बताउँछन् । कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् । हजारभन्दा कम मूल्यमा पाइने खोप उपलब्ध भए तापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।

चिकित्सकका अनुसार संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्नसक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सीको परीक्षण गराउनुपर्छ ।

रक्तसञ्चारका क्रममा सावधानी अपनाउने र हेपाटाइटिस बी र सीको परीक्षण गरेरमात्र रक्तदान गर्ने, मेडिकल उपकरण तथा औजारलाई स्टेरिलाइजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ र असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here