२५ कराेड ठगी गर्ने दमकका चन्दन पक्राउ

0
571

काठमाडौं । देशभरका विभिन्न स्थानबाट २५ करोड रकम ठगेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–७ कृष्णमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भनिने चन्दन जिन्दललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेकाे हाे ।

जिन्दललाई प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको छ । चन्दनलाई भक्तपुरकाे मध्यपुर ठिमी–३ गठ्ठाघरमा लुकिछिपी रहेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी झापा, बारा, पर्सा र सर्लाहीका विभिन्न व्यक्तिलाई विभिन्न बाहनामा ठगी गरी फरार भएका थिए ।

उनले मनिष अग्रवाल आफ्नो नाम बताएर विभिन्न जिल्लाका व्यापारीबाट उधारोमा खाद्यान्न लिएर काठमाडौंमा व्यापारीलाई खरिद मूल्य भन्दा सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चन्दनले बाराबाट मात्र १६ कराेड ठगेकाे पाइएकाे अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार झापातिर जमिन र हार्डवयर व्यवसायीलाई उनले ठगेको खुलेकाे छ । चन्दनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी बारा पठाइएको महाशाखाले जनाएकाे छ । प्रदेश आवाज खबर मा प्रकासन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here