४० जिल्लालाई पूर्ण विदुतीकरण गर्न सरकार लागिपरेको : उर्जामन्त्री वर्षमान पुन

0
58

काठमडौं । ऊर्जा, जलस्रोत तथा उर्जामन्त्री वर्षमान
पुनले ३ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्ने अभियानअन्तर्गत यस वर्ष ४० जिल्लालाई पूर्ण
विदुतीकरण गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा ‘मिनीग्रिड विशेष कार्यक्रम’
शुभारम्भ गर्दै उहाले प्रदेश २, कर्णाली र
सुदूरपश्चिमलाई पूर्ण उज्यालो बनाउने कार्यक्रम
अन्तर्गत सरकारले काम अघि बढाएको बताउनुभयो ।

क्रममा मन्त्री पुनले ३ वर्षमा कम्तिमा ६ सय
मिनीग्रिडको लक्ष्य सरकारले राखेको बताउँदै उक्त
लक्षय पूरा गर्ने बताउनुभयो । अर्थ मन्त्रालयबाट
झण्डै २२ अर्बभन्दा बढी बजेटको स्रोत सुनिश्चित भएको बताउँदै उहाले उच्च हिमाली तथा पहाडी क्षेत्रमा
बिधुतिको पहुत पुराइने बताउनुभयो ।
हुम्ला र डोल्पामा राष्ट्रिय प्रशारण नपुगेको
भन्दै मिनीग्रिडमार्फत १२ वटा कार्यक्रम शुभारम्भ गरिएको उहाले बताए ।

यसैवर्ष कालिकोट र जुम्लामा पनि पुग्ने बताउनुभयो ।
ऊर्जा क्षेत्रमा १० वर्षमा १५ हजार मेगावाट विद्युत
उत्पादनमा सरकार लागेको बताउँदै मन्त्री पुनले वैकल्पिक ऊर्जा, सौर्य र वायू लगायतको आगामी १० वर्षमा
योगदान हुने बताउनुभयो । वैकल्पिक ऊर्जा केन्द्रले विगतमा र अहिले सहयोग गर्दै आएको भन्दै योजनाहरु निर्माण र प्राविधिक सहयोग गर्ने काम सरकारले गरेको उहाले बताउनुभयो ।न्यु पटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here