“जहाँ छौं” बोलको नयाँ गीतको भिडियो सार्वजनिक

0
22

गीतकार बल.के न्यौपानेको शब्द रचनामा “जहाँ छौं”गीतको भिडियो सार्वजनिक भएको छ । प्राय रोमान्टिक गीतहरुमा अभिनय गरेर छुट्टै पहिचान बनाएका कलाकार सुरज श्रेष्ठ र सृजना जीसीको अभिंयमा अहिलेका चर्चित गीतकार तथा गायक बल.के न्यौपानेको आवाजमा रहेको “जहाँ छौ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोमा सुरज श्रेष्ठ र सृजना जिसीको उत्कृस्ट अभिनय रहेको छ । गीतको भिडियोमा सुरज श्रेष्ठलाई सृजना जिसीले साथ् दिएकी छिन । गीतमा  स्वयम् गायक बल.के न्यौपानेको शब्द रहेको छ । पर्पल स्टुडियोको एरेन्ज रहेको गीतमा निशान एस.केको निर्देशनमा रहेको गीतको भिडियोलाई दीपक गिरीले  छायांकन गरेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा दुर्गा धिमाल न्यौपानेले लगानी गरेका छन् । भिडियोलाई बि.के क्रियसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here