बले र जुना रोमान्टिक (भिडियो)

0
50

गायक रन लामाको नयाँ गीत ‘छड्के बुलाकी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रन लामा र बेनिशा पौडेलको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोमा सर्बाधिक चर्चामा रहन सफल ‘सक्किगोनी’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल ‘बले’,जुना सुन्दास र सन्जिब राईलाइ आकर्षक रुपले फिचर्ड गरिएको छ ।

गायक रन लामाको अफिशियल युट्युब च्यानल बर्फत बजारमा आएको उक्त गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने मानशी किरणको संगीत संयोजन रहेको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई निर्देशक सर्जुन राईले निर्देशन गरेका हुन् । भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका हुन् भने शिलान लम्सालले सम्पादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here