उत्तम राईको संगीत र गायिका प्रविशा अधिकारीको आवाजमा सजिएको”अर्को जन्म”सार्वजनिक

0
34

काठमाडौं । संगीतकार उत्तम राईको संगीतमा गायिका प्रविशा अधिकारीको आवाजमा सजिएको”अर्को जन्म“बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालली सांगीतिक क्षेत्रमा सम्भावन बोकेका संगीतकार उत्तम राईको संगीतमा रहेको गीतमा प्रविशा अधिकारीको सुमधुर आवाजमा राखिएको गीतमा पदम राजन मगरको एरेन्ज रहेको छ ।

अर्को जन्म “बोलको गीको म्युजिक भिडियोलाई उत्तम राईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतकार कमला गजमेर द्वारा लेखिएको उत्कृष्ट शब्दलाई संगीतकार उत्तम राईमेल सुमधुर संगीत भरेका छन् । गीतमा गायिका प्रविशा अधिकारी आफैले अभिनय गरेकी छिन् ।

गीतको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका छन् । गीत उत्पादन प्रबन्धक मिलान कटुवालले गरेका हुन् भने लकडाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई सम्पादन दिनेश शाहले गरेका हुन् । हेर्नुहोस् अर्को जन्म बोलको गीतको म्युजिक भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here