काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलिदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ ।

|

काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलिदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ ।

मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारदेखि सुरु हुने जानकारी उनले गराएका हुन् ।

पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने महानगरले जनाएको छ ।

२०८२ आश्विन ५, आईतवार प्रकाशित
error: Content is protected !!