1देखि 5 लाखसम्म लगानिमा 16 ओटा घरेलु उद्योग सम्बन्धी मेसिनहरु

|

1 देखि 5 लाखसम्म लगानिमा 16 ओटा घरेलु उद्योग सम्बन्धी मेसिनहरु

1. juice filling machine

नेपालमक राम्रो सम्भावना बोकेको बिजनेसमध्य जुस प्याकिङ गरेर बेच्ने बिजनेस

पनि एउटा हो। यस्ता जुस प्याकेजिङ गर्ने मेसिनहरु विभिन्न प्रकारका पाइन्छन जस्तो

कि 4 नोजल 6 नोजल 8 नोजल। यस्ता जुस प्याकेजिङ गर्ने अटोमेटिक मेसिनहरु

नेपाली बजारमा 1 लाख 50 हजारदेखी 2 लाख 50 हजारसम्म सजिलै पाउन सकिन्छ।

तपाइले जुस बनाउने पाउडर अनि प्याकिङ गर्ने बोतलको सेप भएका प्लास्टिक किनेर

यो बिजनेस आफ्नै घरबाट शुरु गर्न सक्नुहुनेछ। यो मेसिन सिङ्गल फेसबाट पनि सजिलै

चलाउन सकिन्छ।

2. Tempered glass cutting machine

अहिलेको समयमा हरेक ब्यक्तिको हातमा स्मार्टफोन देख्न सकिन्छ। स्मर्ट फोनको स्क्रीन

लामो समयसम्म टिकाउनको लागि टेम्पर ग्लासको प्रयोग गर्नैपर्ने हुन्छ। यदि तपाईं पनि यस्तो

टेन्पर ग्लास बनाउने ब्यावसाय शुरु गर्न चाहानुहुन्छ भने यस्को लागो चाहिने मेसिन लगभग

1 लाख 40 हजारसम्म नेपालमा सजिलै पाउन सक्नुहुनेछ। यो मेसिन सिङ्गल फेस बिजुलिबाट

घरैबाट चलाउन सकिन्छ। यस्को लागि कच्चापदार्थ पनि मेसिन पाउने ठाउमा किन्न पाउनुहुनेछ।

3. screen printing machine

यदि तपाईं गार्मेन्ट सम्बन्धी काम गर्दै हुनुहुन्छ अथवा तपाइको सम्पर्कमा गार्मेन्ट छन भने तपाइले

स्क्रीन प्रीन्टिङ बाट कपडाहरु प्रीन्ट गर्ने बिजनेस गर्न सक्नुहुन्छ। स्क्रीन प्रीन्टिङ को लागि आउने

गुणस्तरिय मेसिन लगभग 1 लाख 25 हजारदेखी 3 लाख 70 हजारसम्म विभिन्न क्वालिटिका नेपालमै

सजिलै पाउन सक्नुहुनेछ। यदि तपाईं कपडा ब्यावसायी हुनुहुन्छ भने तपाइले भोलुम मा सादा कपडा

किनेर प्रीन्ट गरेर बेच्नुभयो भने राम्रो आम्दानी गर्न सक्नुहुनेछ।

4. potato chips making machine

स्थानिय उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने बिजनेस मध्य आलु चिप्स बनाउने बिजनेस पनि एउटा

हो। आलु चिप्स बनाउने मेसिन धेरै प्रकारका पाउन सकिन्छ तर सानो लगानिबाट शुरु गर्न चाहानेको

लागि 2 लाख 60 हजार सम्मको मेसिन अति उपयोगी हुनेछ। यो मेसिनमा पिलर, स्लाइसर, मिक्स्चर,

ड्रायर र फ्रायर को सेट आउछ। यी मेसिनको माध्यमले तपाइले सजिलै आलुचिप्स बनाउने उद्योग शुरु

गर्न सक्नुहुनेछ।

5. Slipper making machine

चप्पल उद्योगको लागि धेरै उत्पादन क्षमता भएका मेसिन पावर प्रेस र हाइड्रोलिक हुन्छन। यी मेसिनहरुले

दैनिक हजार देखि 12 सय जोर सम्म उत्पादन गर्न सक्छन। यस्ता हाइड्रोलिक र पावर प्रेस मेसिनहरु

नेपालमा 2 लाख 50 हजारदेखी 3 लाख सम्म सजिलै पाउन सकिन्छ। यी मेसिन घरकै बिजुलिबाट चलाउन

सकिन्छ। यी मेसिनको सेटमा सोल कटिङ मेसिन, ड्रीलिङ मेसिन, स्ट्र्याप फिटिङ मेसिन र डाइहरु सबै

एकमुस्ट त्यही रेटभित्र पाउन सक्नुहुन्छ।

6. paper plate making machine

पेपर प्लेट बनाउनको लागि प्रयोग हाइड्रोलिक र अटोमेटिक मेसिनहरु विभिन्न प्रकारका हुन्छन।

सिङ्गल डाइ लाग्ने अटोमेटिक मेसिन नेपालमा 1 लाख 20 हजारदेखी 1 लाख 40 हजारसम्म पर्न

जान्छ भने डबल डाइ लाग्ने अटोमेटिक मेसिन लगभग 2 लाखसम्म पाउन सकिन्छ। यी मेसिनहरुमा

लाग्ने डाइ आफैले छुट्टै किन्नुपर्ने हुन्छ। त्यसैगरी पेपर प्लेट बनाउने हाइड्रोलिक मा सिङ्गल डाइ लाग्ने

मेसिन 1 लाख 50 हजार सम्म पर्छ भने डबल डाइ लाग्ने मेसिन 2 लाख 50 हजार सम्म पर्न सक्छ।

7. Momo making machine

म:म पसल खोल्न चाहानेको अति नै उपयोगी यो मेसिन 4 लाखदेखी साडे 4 लाखसम्म नेपालमा

सजिलै पाउन सकिन्छ। यस्तो अटोमेटिक मम बनाउने मेसिनले प्रतिघण्टा 3 हजार पिस भन्दा

बढी मम तयार गर्न सक्छ। यो मेसिनमा माथिबाट किमा र पिठो हालेपछि मम तयार भएर निस्किन्छ।

8. Pallet machine

पशुपन्क्षीको लागि प्रयोग गरिने दाना बनाउने बिजनेस पनि नेपालको लागि राम्रो सम्भावना

बोकेको ब्यावसाय हो। यस्ता दाना बनाउन प्रयोग गरिने मेसिनहरु नेपालमा 1 लाख 60

हजारदेखी 4 लाख 80 हजारसम्म विभिन्न क्वालिटिका पाउन सकिन्छ।

9. Ice cream making machine

आइसक्रीम को बिजनेस गर्न चाहानेको लागि सजिलो र आकर्षक यस्तो मेसिन पाइन्छ। यी

मेसिनमा एकैपटक विभिन्न फ्लेभरका आइसक्रीमहरु बनाउन सकिन्छ। नेपाली बजारमा

यस्ता मेसिन लगभग 1 लाख 20 हजारदेखी 1 लाख 80 हजारसम्म सजिलै पाउन सकिन्छ।

यो मेसिनबाट आइसक्रीम बनाउनको लागि कच्चापदार्थको लागि दूध र प्रीमिक्स पाउडर

किनेर तपाइले जुनसुकै फ्लेभरका आइसक्रीम पनि सजिलै बनाउन सक्नुहुनेछ।

10. Chowmein making machine

नेपाली हरुको फेभरेट खाजा चाउमिन उत्पादन गर्ने बिजनेस गर्न पनि एकदमै सजिलो छ।

यदि तपाइको एरियामा धेरै होटेल तथा रेस्टुरेन्ट छन भने यो ब्यावसायबाट पनि राम्रो आम्दानी

गर्न सकिने छ। यो ब्यावसायको लागि विभिन्न प्रकारका मेसिनहरु आउछन, यदि तपाईं सानो

लगानिमै शुरु गर्न चाहानुहुन्छ भने 2 लाख 30 हजार सम्म राम्रो क्वालिटिको मेसिन किन्न

पाउनुहुनेछ। नेपालमा यस्ता चाउमुन बनाउनको लागि प्रयोग गरिने मेसिनहरु 2 लाख 30

हजारदेखी 6 लाख 75 हजारसम्म उपलब्ध छन।

11. Oil processing machine

नेपालजस्तो कृशिप्रधान देशमा oil प्रोसेसिङको काम पनि एउटा राम्रो बिजनेस हो। यदि

खेतियोग्य ठाउतिर यो बिजनेस गर्ने हो भने अझै प्रभावकारी बन्न सक्छ किनकी हरेक किसानको

लागि तेल प्रसोधन गर्न समस्या भइरहेको हुन्छ। यस्को अलावा तपाइले तेलजन्य बस्तुहरु किनेर

प्रसोधन गरेर आफ्नै ब्राण्डमा बेच्न पनि सक्नुहुनेछ। यदि तपाईं यस्तो तेल पेल्ने बिजनेस शुरु

गर्न चाहानुहुन्छ भने यसको लागि चाहिने मेसिन 2 लाख 40 हजारदेखी 4 लाख 50 हजारसम्म

विभिन्न क्वालिटिका किन्न पाउनुहुनेछ।

12. Digital printing machine

यदि तपाईं प्रीन्टिङ सम्बन्धी बिजनेस गर्न चाहानुहुन्छ भने यो पनि नेपालको लागि एउटा राम्रो बिजनेस

हो। प्रीन्टिङ सम्बन्धी सानो लगानिमा बिजनेस शुरु गर्न चाहानेको लागि heat press मेसिन उचित हुनेछ।

यदि तपाईं प्रीन्टिङ सम्बन्धी अलि ठुलै लगानिमा काम गर्ने सोच बनाउदै हुनुहुन्छ भने तपाइको लागि

डिजिटल प्रीन्टिङ मेसिन सहि हुनेछ। यो मेसिनको मूल्य नेपालमा 4 देखि 4 लाख 50 हजार सम्म पर्न

जान्छ। यो मेसिनमा कपडा राखेर कम्प्युटर बाट कमान्डिङ गरेपछी यस्ले आफै प्रीन्ट गरिदिन्छ।

13. Non oven bag making machine

फेबृक ब्याग बनाउने बिजनेस अबको समयमा राम्रो चल्ने बिजनेस बिजनेसमध्य एक हो। किनकी

यो इको फ्रेन्डली यानी बाताबरण लाई नबिगार्ने एउता प्रोडक्ट हो। यस्ता फेबृक झोला बनाउनको लागि

विभिन्न प्रकारका मेसिनहरु आउछन। सानो लगानिमा गर्न चाहानेको लागि फेबृक झोल बनाउने मेसिन

3 लाख 80 हजार देखि 4 लाख सम्म नेपालमा सजिलै पाउन सकिन्छ। यो लगानिमा 3 ओटा मेसिनको

सेट आउँछ कटिङ मेसिन, डि कट पन्चिङ मेसिन र अल्ट्रासोनिक सुइङ्ग मेसिन।

14. Detergent powder making machine

Detergent powde को बिजनेस गर्नको लागि रिबन मिक्स्चर मेसिन, क्रेज मिल र प्याकेजिङ मेसिनको

जरुरी हुन्छ। यी 3 ओटै मेसिनको पुरै सेटको मूल्य लगभग 3 लाख 80 हजारदेखी 4 लाखसम्म पर्न जान्छ।

सदाबहार चल्ने बिजनेसको खोजी गर्नेहरुको लागि यो बिजनेस एकदमै उपयोगी हुनेछ किनकी डिटरजेन्ट

पाउडर हरेक घरमा प्रत्यक दिन प्रयोग हुने समान हो।

15. Sausage making machine

आधुनिक र नेपालमा कमै प्रतिस्पर्धा भएको बिजनेस गर्न चाहानेको लागि ससेज बनाउने बिजनेस

पनि एउटा राम्रो बिकल्प बन्न सक्छ। ससेज बनाउनको लागि 5 ओटा मेसिनको प्रयोग गरिन्छ। यी

सबै मेसिनको मुल्य नेपाली बजारमा लगभग 4 लाख 50 हजारसम्म सजिलै पाउन सक्नुहुनेछ।

यदि तपाईं यो बिजनेस सम्बन्धी अझै राम्रोसङ्ग बुझ्न चाहानुहुन्छ भने म डिस्क्रीप्सनमा लिङ्क दिनेछु

त्यह क्लिक गरेर सबै कुरा बुझ्न सक्नुहुनेछ।

अगरबत्ती बनाउने बिजनेस गर्न चाहानुहुन्छ भने यसको लागि अगरबत्ती बनाउने मेसिन र प्याकिङ

गर्ने मेसिन गरेर 2 ओटा मेसिनको जरुरी हुन्छ। अटोमेटिक अगरबत्ती बनाउने मेसिनको मुल्य 1 लाख

80 हजारदेखी लियर 2 लाखसम्म पर्न जान्छ। यो मेसिन फुल्ली अटोमेटिक हुन्छ र यसले दैनिक 100

देखि 1 सय 50 किलो सम्म अगरबत्ती उत्पादन गर्न सक्छ। प्याकेजिङ मेसिन को लागि तपाइले 25

देखि 30 हजार सम्म पाइने ब्यान्ड सिलर मेसिन किन्न सक्नुहुनेछ।

तपाइलाइ आजको सामाग्री कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला। अरु यस्तै भिडियो को लागि हाम्रो

YouTube channel मा smart tarika मा हेर्नुहोस।

२०७८ बैशाख २३, बिहीबार प्रकाशित
error: Content is protected !!