पेपर प्लेट बनाउने उद्योग कसरी शुरु गर्ने ?

|

पेपर प्लेट उद्योग

नेपालमा पेपेरप्लेट बनाउने बिजनेसको निकै राम्रो सम्भावना देखिन्छ। यदि तपाईं पनि पेप रप्लेट बनाउने
बिजनेस शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ भने यो सामाग्री तपाइकै लागि हो।

💡पेपर प्लेट उद्योगको सम्भावना कस्तो छ

अहिलेको समयमा use and throw का सामानप्रती मानिसहरु धेरै आकर्षित भएको देखिन्छ। साधारण
चिया पसल देखि लिएर ठुला ठुला होटेल सम्म यस्ता आधुनिक भाडाकुडाहरु प्रयोग गरेको पाइन्छ। जो
एक पटक प्रयोग गरेर फाल्ने गरिन्छ, चाहे त्यो चिया पिउने कप होस या खाजा खाने प्लेट।

यस्ता एकपटक प्रयोग गरेर फाल्ने प्लेट, कप लगायतका सामानहरु केही समय पहिले थर्मकोल नामक
केमिकलबाट उत्पादन गर्ने गरिन्थ्यो। विश्व स्वास्थ्य संघसंगठन (WHO) का अनुसार थर्मकोल प्रयोग गर्नाले
क्यान्सर लगायत विभिन्न किसिमका गम्भीर रोगहरु लाग्ने भएकोले पछिल्लो समयमा त्यस्ता भाडाकुडा
बनाउनको लागि पेपरको प्रयोग गर्ने गरेको पाइन्छ।

बाताबरणलाइ असर नपर्ने र मानिसको शरिरमा पनि असर नपर्ने भएकोले सस्तो मा राम्रो सबैभन्दा राम्रो
बिकल्प कागज बनेको छ। त्यसैले हामी आजभोलि जताततै पेपरबाट बनाइएका प्लेट तथा कपहरु देख्न
सक्छौ।

नेपालमा प्रयोग हुने विभिन्न किसिमका पेपर द्वारा बनाइएका सामानहरु अझैपनी ठूलो मात्रामा भारतबाट
भित्र्याउने गरिन्छ। यो सबै कारणले गर्दा पेपर प्लेट बनाउने उद्योग खोल्दा नेपालमा निकै राम्रो सम्भावना
देखिन्छ।

💡लगानी कति लाग्ला ?

पेपरप्लेट बनाउने बिजनेस शुरु गर्नको लागि सबैभन्दा पहिला तपाइले मेसिनहरु छनौट गर्नुपर्ने हुन्छ। नेपाली
बजारमा यस्ता पेपर प्लेट बनाउने मेसिनहरु तीन प्रकारका पाइन्छन। जसमध्य मेनुअल, हाइड्रोलिक र
अटोमेटिक पर्छन।

मेनुअल मेसिन हातको माध्यमले चलाउनुपर्ने हुन्छ। जस्को मूल्य नेपाली बजारमा 70-80 हजारसम्म पर्न जान्छ।
यो मेसिन बिजुलिको सुबिधा नभएको ठाउमा पनि चलाउन सकिन्छ तर यो फुल्ली मेनुअल हुने भएकोले
यसबाट खासै धेरै उत्पादन गर्न सकिँदैन।

अटोमेटिक मेसिनहरु विभिन्न क्यापिसिटी अनुसारका हुने गर्छन। मेसिनको क्षमता र गुणस्तर अनुसार यस्ता
अटोमेटिक मेसिनको मूल्य लगभग 1.20 लाख देखि लिएर 2.50 लाख सम्म पर्न जान्छ। विशेष गरि यस्ता
मेसिनमा कतिओटा डाइ लाग्ने हो त्यही अनुसार लागत पर्न जान्छ।

यस्ता अटोमेटिक मेसिनमा पेपरको रोल राखेर मेसिन चालू गरेपछि मेसिन आफैले पेपर प्लेट तयार गरिदिन्छ।
यस्ता मेसिनहरुको उत्पादन क्षमताको कुरा गर्नुपर्दा, प्रती डाइ बराबर घन्टाको 900 पिस प्लेट सम्म उत्पादन
गर्न सक्छ।

पेपर प्लेट बनाउने हाइड्रोलिक मेसिनको माध्यमबाट सालको पातबाट दुना पनि बनाउन सकिने भएकोले पेपर
प्लेट बनाउने हाइड्रोलिक मेसिनलाइ मल्टी प्रपोज प्रयोगात्मक मेसिन पनि भन्न सकिन्छ। यस्ता मेसिनहरु अटोमेटिक
मेसिन भन्दा अलि ढिलो काम गर्ने खालका हुन्छन तर यी मेसिनले प्लेटको डिजाइनमा राम्रो आकर्षण दिन सक्छन।

पेपर प्लेट बनाउने हाइड्रोलिक मेसिनको मुल्य नेपाली बजारमा लगभग 2 लाख भन्दा माथी पर्न जान्छ। मेसिनको
क्षमता र गुणस्तर हेरेर तपाइको जरुरत अनुसार किन्न सक्नुहुनेछ।

💡कच्चापदार्थ

पेपर प्लेट बनाउने कच्चापदार्थ विभिन्न किसिमका हुने गर्छन। यस्ता कच्चापदार्थ खरिद गर्दा पेपरको मोटाइको बारेमा
ध्यान दिनुपर्ने हुन्छ। यस्तो पेपरको मोटाइलाइ जि एस अम को अनुपातमा नाप्ने गरिन्छ। यहि जि एस एम को
आधारमा तपाइको प्लेटको गुणस्तर छुट्टिन्छ।

पेपर प्लेट बनाउने कच्चापदार्थको मुल्यको कुरा गर्ने हो भने, नेपाली बजारमा 1 सय देखि लिएर 1 सय बीस रुपैया
सम्म पर्न जान्छ।

💡तालिम तथा जानकारी कस्ले दिन्छ ?

तपाइले पहिलो चोटि काम शुरु गर्दै हुनुहुन्छ भने शुरुवातमापक्कै पनि केही समस्या आउन सक्छ।

त्यसैले आफुले मेसिन तथा कच्चापदार्थ खरिद गर्नुभन्दा पहिला नै खरिद कर्ता
कम्पनिसङ्ग मेसिन चलाउन र उत्पादन गर्ने तालिम दिनको लागि कागज गराउन सक्नुहुन्छ। यति गरेपछी कम्पनिले
सम्पुर्ण तालिम उपलब्ध गराउनेछन।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल योउट्युब च्यानल स्मार्ट तरिकामा
जोडिन सक्नुहुनेछ।

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!