रियल स्टार कलब बन्यो प्रथम गुरु टोली फुटसल विजेता

|

प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ को उपाधि जित्दै रियल स्टार कलब दमक विजेता बनेको छ । नयाँ वर्षको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा रियल स्टारले मानपुर एफसी माङसेबुङलाई स्तव्ध पार्दै उपाधि चुमेको हो ।

दमक १ भाङबारीस्थित स्पा एनि फुटसल कोर्टमा आयोजित प्रतियोगितामा रियल ४-० गोल अन्तरले
विजयी भएको हो ।

पहिलो हाफमा २-० गोलले अग्रता लिएको रियलले
दोस्रो हाफमा थप २ गोल गर्दै जित सुनिश्चित गरेको थियो  ।

पहिलो सेमिफाइनल खेलमा रियलले रोयल
एफसिलाई ६-० गोल अन्तरले पराजित गर्दै 
फाइनल प्रवेश गरेको थियो भने मानपुरलेभिसि
ब्रोदर्सलाई ३–० गोल अन्तरले हराउदै फाइनल पुगेको थियो ।

विजेता रियलले नगद ३१ हजार १ सय ११ रुपैयाँ ट्रफी
मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता मानपुरले नगद
१६ हजार १ सय११रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

व्यक्तिगत विधातर्फ रियलका निर्जल बोहोराले अधिक गोलकर्ताको उपाधि हात पार्दा रियलकै सोनु तामाङले
उत्कृष्ट गोल किपरकोउपाधि पाए ।

त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट मानपुर एफसीका
आशिष लिम्बू साथै उदीयमान खेलाडी भाङबारी एफसिका
सौगात मगर घोषित भए ।

औपचारिक कार्यक्रममा माङसेबुङ गाउँपालिकाका
अध्यक्ष हेमन्त राई,नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक
प्रशिक्षक प्रवेशकटुवाल, गायक एकदेव लिम्बू
लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको थियो ।

स्रोत : हरप्रहर न्युज

२०८१ बैशाख २, आईतवार प्रकाशित
error: Content is protected !!