शेयर बजार भुज्नै पर्ने 50 वटा Basic Terms हरु यानिकी महत्वपुर्ण आधारभूत कुराहरु

|

शेयर बजार भुज्नै पर्ने 50वटा basic termsहरु यानिकी महत्वपुर्ण आधारभूत कुराहरु!!!

1) Bull & Bear
शेयर बजारको मूल्य घट्यो भने बीयर मार्केट वा बीयरिश मार्केट र बढ्यो भने बुल मार्केट अथवा बुलिश मार्केट भनिन्छ |
येसरी शेयरको मूल्य घट्ने र बढ्ने भएकाले शेयर बजारलाई बुल आर्थात् साढे र बीयर आर्थात् भालुले जनाउने गरिन्छ |

2)Nepal stock exchange (NEPSE)
नेप्से नेपालको एक मात्र स्टक exchange को दोश्रो बजार हो |
स्टक exchange को मुख्य उदेश्य सुचिकृत धितो पत्रहरुको कारोबार गराउने हुन्छ |

3)Secutities Board Nepal (SEBON)
लगानी कर्ताको हकहित संरक्ष् ण गर्न र समग्र पुजी बजार को विकास गर्नको निम्ति 2050साल जेष्ठ 25 गते धितो पत्र बोर्ड नेपालको स्थापना भएको हो |
धितोपत्र बोर्ड शेयर बजारको प्रमुख नियमन निकायको रुप रहेको छ|

4) Central Depository System &Clearing (CDSC)
CDSC आर्थात् केन्द्रिय नि्क्षेप प्रणाली शेयेरहरुको बैंक हो |
हरेक लगानीकर्ताको शेयेरलाई केन्द्रिय केन्द्रिय नि्क्षेप प्रणाली नै उनिहरुको डीम्याट खाता मार्फत ब्यबस्थापन गर्छ |

5) Stock Broker
Stock Broker आर्थात् दलाल भनेको लगानी कर्ताको आदेश आनुसार धितोपत्रको खरिद बिक्रि गर्नका लागि धितो पत्र बोर्डबाट इजाजत प्राप्त संस्था हो |

6)DEMAT Account
शेयेर जम्मा गर्ने खातानै डिम्याट खाता हो |
जसरि पैसाको कारोबार गर्न बैंक खाता चाहिन्छ त्यस्तै शेयेरको कारोबार गर्न डीम्याट खाता चाहिन्छ |
डिम्याट खाता बैंक तथा बित्तिय सस्था, तथा ब्रोकर अफिसमा खोल्न सकिन्छ |

7) DEMAT & REMAT
भहुतिक शेयर प्रमाणपत्रलाई बिधुतिय माध्यममा राख्ने प्रक्रियालाई Dematerialization भनिन्छ भने बिधुतिय शेयेरलाई अभौतिकीकरण गर्ने प्रक्रियालाई
Rematerialization भनिन्छ

8) CRN-C-ASBA Registration  Number
डीम्याट खाता र बैंक खातालाई लिंक गर्ने Unique number nai CRN आर्थात् C-ASBA Registration Number हो |
यो सम्बन्धित बैंकमा गएर लिनु पर्दछ |

9) IPO -Initial Public Offering
कुनै पनि कम्पनिले प्रथम पटक शेयेर जारी गरेर पैसा संकलन गर्छ भने त्यलाई Initaial Public Offering आर्थात् निशकाशन भनिन्छ |
नेपालमा हाल साधारण तय 100 रुपैया प्रति कित्ताको दरले प्राथमिक शेयर जारी गरिन्छ |

10) FPO- Follow on Public Offering
पहिलेनै IPO जारी गरेर दोश्रो बजारमा समेत कारोबार भैरहेको कम्पनिले फेरी पैसा चाहिएमा दोश्रो पटक सर्भ साधारणलाई सहरे जारी गर्छ भने त्यसलाई Follow on Public Offering भनिन्छ |
येस्लाई Further Public Offering पनि भनिन्छ

11) Primary Market
कम्पनिले तथा सरकार पहिलो पटक जारी ग गरेको धितो पत्रको कारोबार हुने बजारलाई primary market आर्थात् प्राथमिक् बजार भनिन्छ |

IPO लाई प्रमाथिक बजारमा किन्ने गरिन्छ |

12) Secondary Market
प्राथमिक बजारमा जारी गरि बेचिएको शेयर ब्रोकर मार्फत लगानीकर्ताहरु बीच किनबेच हुने बजारलाई
Secondary Market भनिन्छ
नेपालको सन्दर्भमा नेपाल स्टक एक्स्चेज एक मात्र दोश्रो बजार हो |

13)Allotment
प्राथमिक बजार शेयेर (IPO, FPO, Right Share) जारी गरि सके पछि प्रत्यक आबेदकलाई शेयर बाडफाड गर्ने प्रक्रिया नै Allotment हो |

14) Bond/Debenture
कम्पनि तथा सरकारले आबस्यक पैसा बार्षिक, आर्धबार्षिक वा त्रैमासिक रुपमा निश्चित ब्याज प्राधन गर्ने र निश्चित समय पश्चात साव र ब्याज फिर्ता गर्ने गरि सर्भसाधारणबाट ऋणको रुपमा संकलन गर्दछ|
येस्लाई ऋणपत्र आर्थात् Bond/Debenture भनिन्छ |
कम्पनिले जारी गरेको ऋण पत्रलाई Corporate Bond भनिन्छ भने सरकारले जारी गरेको ऋणपत्रलाई Government Bond भनिन्छ |

15) Dividend
एक आर्थिक बर्षभित्र कम्पनिले कमाएको मुनाफाको निश्चित अङश आफ्ना शेयेर धनि हरुलाई बाडछ | येस्लाई Divindend आर्थात् लाभङ्गश भनिन्छ |
येदि कम्पनिले लाभङ्गशको रुपमा शेयर नै बढ्छ भने त्यसलाई stock divindend आर्थत बोनस शेयेर नै भनिन्छ भने लाभङ्गशको बाड्छ भने तेस्लाई Cash Dividend अर्थात् नगद लाभङ्गश भनिन्छ |

16) ASBA/C-ASBA
प्राथमिक बजार IPO, FPO, Right Share मा आबेदन दिने क्रममा आबेदकको पैसा शेयर बाडफाड नहुन्जेलसम्म आबेदककै बैंक खातामा रोक्का गर्ने सिस्टमलाई नै C-ASBA आर्थात् Centralized Application Supported by Blocked Amount हो |

17) TMS – Trade Management System अन्लाइनबाट Share किनबेच गर्न मिल्ने गरि बनाईएको सिस्टम नै TMS आर्थात् Trade Management System हो |
TMS खाता बनाइसके पछि शेयर किनबेचको लागि ब्रोकरलाई फोन गर्न वा ब्रोकर अफिस गइ रहनु पर्दैन |

18) Mero Share
IPO किन्न, डिम्याट खातामा रहेको सहरे किन्ने व्यक्तिलाई ट्रांस्फेर आर्थथ (EDIS) गर्नको लागि केन्द्रिय निक्षेप प्रणालि (CDS & Clearing)ले बनाइदिएको सिस्टम नै Mero Share ho|
यो मोबाइल एप्स तथा website चलाउन सकिन्छ |

19) Opening Price Range
कम्पनिले जारी गरेको IPO नेप्से मा सुचिकृत भएपछि पहिलो कारोबारका लागि नेप्से तोक्ने मूल्यको range नै Opening Price Range हो |
तर शेयेरको Opening Price भनेको कारोबार गरेको दिनको पहिलो कारोबार मूल्य हो |

20) KYC -Know Your Costumer
बैंक तथा बित्त्य सस्थाहरु मा आफ्नो ग्राहकको सम्पूर्ण विवरण लिने प्रक्रियालाई KYC -Know Your कोस्टमेर भनिन्छ |

21) Collateral
शेयेर खरिद गर्नु भन्दा अगाडि शेयर किन्ने व्यक्तिले सुरक्षाको लागि निश्चित रकम ब्रोकरको खातामा जम्मा गर्नु पर्ने हुन्छ त्यो रकमलाई Collateral भनिन्छ |

22)Merchant Banker/Issue Manager
धितोपत्र निस्कशन, ब्य्कवस्थापन, धितोपत्र प्रत्याभूति सम्बन्ध सल्लाह सुझाब दिने सस्थालाई बैंकर वा Issue Manager भनिन्छ |
कम्पनि कुनै पनि प्रकारको धितोपत्र गर्दा धितोपत्र बोर्डबाट इजाजत प्राप्त marchant बैंक मार्फत मात्र जारी गर्न पाइन्छ |

23) NPESE Index
नेप्से सुचिकृत स्क्मपूर्ण कम्पनिहरुको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार बर्ष को कुल बजार मूल्य बिचको आनुपात नै नेप्से परिसुचक आर्थात् नेप्से इन्डेक्स हो |
सुचिकृत धितोपत्रको मूल्य बढेमा यो परिसुचक बढ्ने र मूल्य घटे परिसुचक पनि घट्ने गर्दछ |

24) Sensitive Index
क बर्गका “A” class कम्पनिहरुलाई मात्र समाबेश गरेर गणना गरिएको परिसुचक Sensitive Index अर्थात् Sensitive परिसुचक हो |

25) Float Index
सुचिकृत कम्पनीहरुबाट सर्बहासाधारणमा जारी भएका शेयेरहरुलाई मात्रै समाबेश गरेर गणना गरिएको परिसुचक Float Index आर्थात् फ्लोट परिसुचक हो |

26) Pre-Open Session
नियमित कारोबार समय आर्थात् आइतबार देखि बिहिबारसम्म बिहान 11बजे देखि दीउसो 3 बजे सम्म बजार खुल्ला रहन्छ |
तर यो बाहेक बिहान 10:30 देखि 10:45 भित्र पनि हिजको मुल्यमा 5% तल माथि राखेर Order Place गर्न सक्छौ |

27) Special Pre-Open Seasion
कम्पनिले IPO जारी गरेर नेप्सेमा सुचिकृत भैसके पछि पहिलो पल्टको कारोबार गर्नको लागि बनाइएको सिस्टम नै Special Pre-Open Session हो |
येस्मा नेप्सेले तोकेको मूल्य सिमा भित्र रहेर 10:30 दखि 10:45 बजे भित्र अडर दिन मिल्छ |
Special Pre-Open Seasionमा कारोबार भैसके पछि मात्र सो कम्पनि कारोबार continous session मा हुन थाल्छ |

28) T+2
कारोबार गरेको दिन बाहेक आर्को दुई दिन भित्र किनेको वा बचेको शेयरको राफसाफ(Settlement)गर्न बनाइएको नियमनै T+2हो |
येसका अर्थ (Trading Day + Extra 2 Days) हो |

29)Last Transaction Price/Last Transaction Volume
LTP भनेको पछिल्लो समय कारोबार भएको शेयेरको मूल्य हो भने LTV भनेको पछिल्लो समयमा शेयेरको कारोबार संख्या हो |

30) Turnover
कुनै निश्चित समय भित्र शेयर कारोबारको कुल मूल्य नै Turnover हो |

31) Portfolio/Portfolio Diversification
लगानीकारताको कुल शेयर समग्र रुप नै portfolio हो | कुनै एउटा क्षेत्रमा लगानी नगरी जोखिम काम गर्नका लागि विभिन्न क्षेत्रमा लगानी गर्नु लाई
Portfolio दिवेर्सिफिचशन भनिन्छ |

32) Ordinary Share/Common Share
कम्पनिले आर्जन गरेको नाफबाट अग्रधिकार शेयरधनिहरुलाई तोकिएको दरमा लाभङ्गश वितरण गरिसके पछि बाकी हुने रकम बाट लाभङ्गश वितरण गरिने गरि जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ |

33) Promoter Share
कम्पनि स्थापना गर्ने व्यक्ति वा सस्थाले खरिद गरेको शेयर वा लगाएको पुजीलाई सस्थापक शेयर वा Promoter Share भनिन्छ |

34) Lock In Period
बैंक तथा बितिया संस्था र बिमा कम्पनिको सस्थापक शेयर धनीले 5बर्ष सम्म र आएउ कम्पनिले 3 बर्ष सम्म शेयर बेच्न पाउदैन |
साथै कम्पनि कर्मचारीहरुका लागि छुट्याएका शेयर पनि 3 बर्ष सम्म बेच्न पाइदैन |
येस्ता शेयर हरु बेच्न नपाउने समय लाई Lock In Period भनिन्छ |

35) DIS – EDIS
शेयर बिक्रि गरिसकेपछि किन्ने व्यक्तिको डि म्याटमा शेयर ट्रानस्फर गर्ने प्रक्रियालाई DIS -Debit Instruction Slip भनिन्छ |
पहिले cheque मा details भरेर भुजौनु पर्थ्यो भने अहिले मेरो शेयर एप बाट EDIS गर्न सकिन्छ |

36) BIOD – Beneficiary Owner ID
अघिल्लो 8 आंक को नि्क्षेप ID र पछिल्लो 8 आंकको client ID मिलेर 16आंक को हिटग्राही खाता नम्बर नै BOID हो |
येस्लाई डि म्याट खाता नम्बर पनि भनिन्छ |

37) DP- Depository Participant
नि्क्षेप सदस्य वा DP- Depository Participant
भनेको धितो पत्र बोर्डबाट दर्ता प्रमाण पत्र लिई CDSC संग सदस्यता लिएको धितोपत्र ब्यबसायी वा संगठित सस्था हुन् |

38) Authorized Capital
Authorized Capital अर्थात आधिकृत पुजी भन्ना ले कम्पनिले आफ्नो जारी पुजी बृदी गर्न सक्ने आधिकतम सिमा बुजिन्छ |
एस्तो अधिकतम सिमा कम्पनीको प्रबन्ध पत्र संगशोधान गरि बृदी गर्न सकिने कानुनी व्यवस्ता छ |

39) Issued Capital
Issued Capitalआर्थात् जारी पुजी भन्नाले कम्पनिले शेयर धनीहरुबाट संकलन गर्ने लक्ष्य राखेको पुजीलाई बुजिन्छ |
शेयरधनीहरुले सोहि आनुरुप पुजी जम्मा गर्ने प्रतिबदता गरेको हुन्छन |

40) Paid Up Capital
Paid Up Capital आर्थात् चुक्ता पुजी भन्नाले कम्पनि द्वारा जारी गरिएको, शेयरधनिहरु ले कबुल गरेको पुजी मध्ये सम्बन्धित शेयर धनीहरुबाट चुक्ता गरिएको कुल पुजी भन्ने भुजिन्छ |

41) Capital Gain Tax
शेयर कारोबारमा भएको नाफा बाट सरकारलाई तिर्नु पर्ने कर नै capital gain tax हो
आहिले सम्म नियम अनुसार शेयर बिक्रेता ले नाफा भएमा 5%कर तिर्नु पर्छ |

42) Circuit Breaker
स्टक exchange ले धितोपत्रको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोबार हुदा मूल्य मा हुन सक्ने घट बढ को सिमा तोकेको हुन्छ |
येस्लाई बजारको भाषा मा Circuit Breaker भनिन्छ |

43) Investment & Trading
कम्पनिको आधारभूत पक्षलाई हेरेर लामो समयसम्म को लागि गरिएको लगानी लाई investment भनिन्छ भने trading प्राविधिक पक्ष हेरेर छोटो समय सम्म नाफा कमाउने उद्देश्य राखिन्छ|

44) Right Share
सर्वसाधारणमा सेयर निस्कासन गरिसकेको कम्पनीले फेरी पुँजी बढाउन फेरी विद्यामान शेयरधनीको पहिलो हक हुने गरी निश्चित अनुपातमा जारी गरेको शेयरलाई Right Share अथात हकप्रद share भनिन्छ
हकप्रद शेयर किन्ने वा नकिन्ने निर्णय गर्न विद्यमान शेयरधनी स्वतन्त्र हुन्छन्|

45)Preference Share
कम्पनीले आर्जन गरेको नाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार share वा Preference Share भनिन्छ |
यस्ता शेयरधनीलाई वितरण गरिने लाभांश साधारण शेयरधनीको भन्दा बढी हुने भएकोले यसलाई अग्राधिकार शेयर भनिएको हो|

46)Stock Split
भएको सेयरलाई टुक्र्याएर शेयर संख्या बढाउने प्रक्रियालाई Stock Split अर्थात share खण्डिकरण भनिन्छ|
Stock Split गर्दा शेयरको संख्या बढ्छ भने मूल्य घट्छ|

47)Bluechip Share
लामो समयदेखि नाफा कमाउँदै आएको तथा लगानीकर्ताहरुलाई उच्च प्रतिफल (लाभंस) प्रदान गर्दे आएको कम्पनीको सेयरलाई ब्लु चिप share भनिन्छ|
यस्ता कम्पनी लगानीकर्ता प्रति अन्य कम्पनीहरु भन्दा तुलनात्मक रूपमा बढी जवाफदेही हुन्छन्|

48) Face Value
face value भनेको प्रती कित्ता सेयर मुल्य हो जुन सेयर जारी गर्नुअघि नै निर्धारण गरिन्छ.
नेपालमा यो सामान्यतया: प्रतिकित्ता सय रुपैयाँ हुने गरेको छ|

49)Fundamental Analysis
कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अध्ययन विश्लेषण गरेर कम्पनीको प्रतिस्पर्धात्मक लाभ, रणनीति र बजारमा कस्तो किसिमको वातावरण निर्माण गरेको छ भनेर विश्लेषण गर्ने तरिकालाई Fundamental Analysis अर्थात आधारभूत विश्लेषण भनिन्छ

50) Technical Analysis
विभिन्न technical Tools हरूको प्रयोगको माध्यमबाट हिजोको बजारमा रहेको माग र आपूर्ति को आधारमा आज र आजको बजारमा रहेको माग र आपूर्ति को आधारमा भोलिको बजारको स्थिति वा कुनै कम्पनी बिशेषको विश्लेषण गर्ने तरिकालाई Technical Analysis अर्थात प्राविधिक विश्लेषण भनिन्छ|

२०७८ बैशाख २७, सोमबार प्रकाशित
error: Content is protected !!