चप्पल उद्योग गर्दै हुनुहुन्छ ? साबधान !!

|

चप्पल उद्योग शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ ?

यदि हो भने तपाइले विभिन्न कुराहरु बुझ्न जरुरी छ। सानो लगानिमा आफ्नै घरबाट शुरु गर्न
सकिने भएकोले अहिलेको समयमा नेपालमा चप्पल उद्योग सबैको नजरमा परेको छ। हुनत
स्ल्चप्पल उद्योग खोलेर राम्रोसङ्ग काम गर्नेहरुले राम्रो आम्दानी पनि हरिरहेका छन तर चप्पल
उद्योग गरेर केही ब्यापारिहरु समस्यामा परेको अनुभुती पनि गरिरहेका छन। यदि तपाईं पनि
चप्पल उद्योग खोल्ने बिचरमा हुनुहुन्छ भने तपाइले 3 ओटा कुरा ध्यान दिनुहोस नत्र तपाइले पनि
चप्पल उद्योग शुरु गरिसकेपछी पछौताउनु पर्ने हुन सक्छ।

 

1. Raw materials 

नेपालमा चप्पल उद्योग शुरु गरेर रेगुलर कच्चापदार्थ नपाउदा धेरै ब्यापारिहरुले समस्या झेल्नु परेको छ।
यसमा खरिदकर्ताको ठूलो कमजोरी देखिन्छ। यदि तपाईं कुनै कम्पनिसङ्ग मेसिन किन्दै हुनुहुन्छ भने त्यो
कम्पनिले नियमित रुपमा कच्चापदार्थ दिन सक्छ कि सक्दैन भन्ने राम्रोसङ्ग बुझेर काम अगाडि बढाउनुहोस।
कच्चापदार्थमा आउने हवाइ रबर शिट र स्ट्र्यापहरु विभिन्न प्रकारका हुन्छन। यस्ता चप्पलको सोल बनाउन
प्रयोग गरिने सिटहरु पनि धेरै साइजमा आउछन र क्वालिटी पनि फरक फरक हुन्छ। तपाइले किन्दै गरेको
सिट कस्तो क्वालिटिको हो, कति जोर सम्म चप्पल बन्छ, एक जोर चप्पल तयारी हुन कति खर्च लाग्छ
आदिजस्ता सबै कुरा नबुझी चप्पल उद्योग शुरु गर्दा पछि दुख पाइन्छ। यदि भनेको समयमा तपाइले
कच्चापदार्थ पाउन सक्नुभएन भने तपाइको उद्योग बन्द पनि हुन सक्छ त्यसैले रेगुलर सप्लाइको कुरा
मेसिन र कच्चापदार्थ किन्ने कम्पनिसङ्ग राम्ररी बुझ्न नभुल्नुहोस।

2. slipper making machine

यस्ता हवाइ चप्पल बनाउने मेसिन विशेष गरि 3 प्रकारका आउछन अब यी मध्य तपाइको लागि कुन
चै ठिक हुन्छ भन्ने कुरा सबै मेसिन बेच्ने कम्पनिले भन्दैनन। त्यसैले यी सबै मेसिनको बारेमा तपाइले
यहि भिडियोमा बुझेको राम्रो हुनेछ। अहिले नेपालमा धेरैले प्रयोग गर्ने गरेको भनेको यो स्पृङ वाला
मेनुअल मेसिन हो। तर अहिले मेनुअल मेसिनमा स्प्रीङ भएको भन्दा सजिलो ब्यारिङ भएको यस्तो
मेसिन पनि किन्न पाइन्छ। स्प्रीङ भएको भन्दा ब्यारिङ भएको मेसिन अलिकती महङ्गो पर्न जान्छ
तर यो मेसिनबाट काम गर्न निकै सजिलो हुन्छ। यी दुइटै मेसिनले दैनिक 300 जोर जति चप्पल
उत्पादन गर्न सकिन्छ। यदि तपाइलाइ धेरै उत्पादन गर्नु छ भने तपाइले मात्रै तपाइले हाइड्रोलिक
र पावर प्रेस मेसिन खरिद गर्दा राम्रो हुन्छ। यस्ता हाइड्रोलिक र पावर प्रेस मेसिनहरु पनि विभिन्न
प्रकारका पाइन्छन तर नेपालमा धेरैजसो 10 टन र 15 टनका बढी चलेका छन ।

हाइड्रोलिक मेसिनले दैनिक 1000 देखि 1200 जोर सम्म उत्पादन गर्छ भने पावर
प्रेसले यो भन्दा धेरै उत्पादन गर्न सकिन्छ। तर पावर प्रेस मेसिनले डाइ छिटै बिगार्ने गर्छ।
त्यसैले मेसिन किन्नुभन्दा पहिला राम्रोसङ्ग सबै मेसिनको बारेमा बुझेर आफ्नो लागि जुन ठिक
हुन्छ त्यै खरिद गर्नुहोस। त्यसैगरी यदि तपाईं मेसिन र कच्चापदार्थ किन्दै हुनुहुन्छ भने त्यो
कम्पनिले तपाइलाइ मेसिन चलाउनको लागि टेक्निकल सपोर्ट गर्छ कि गर्दैन।

3. market

यदि तपाइले चप्पल उद्योग शुरु गर्नुभयो, उत्पादन गर्दा केही समस्या भएन तर मार्केटमा तपाईं बेच्न
जादा अरु कम्पनिले तपाइको लागत भन्दा कम रेट मा बेचेका रछन भने त्यो बेला के गर्नुहुन्छ?
त्यसैले सबैभन्दा पहिला आफुले चप्पल बेच्ने मार्केट बुझ्नुहोस। मार्केटमा कस्तो क्वालिटिका चप्पल
बिकिरहेका छन, उनिहरुले कतिमा बेचिरहेका छन सबै बुझ्नुहोस किनकी यस्ता चप्पल बनाउने
रबर सिट अनि स्ट्र्यापहरु विभिन्न प्रकारका पाइन्छ्न। यिनै कच्चापदार्थ अनुसार तपाइले सबैभन्दा
सस्तो पनि बनाउन सक्नुहुन्छ र सबैभन्दा राम्रो पनि। उत्पादन गर्नुभन्दा पहिला यसरी आफ्नो
मार्केट कति एरियाको छ, मार्केटमा चप्पल बनाउने कम्पनिको कम्पिटिसन कत्तिको छ,
आफुले बेच्ने चप्पलमा कति नाफा आउँछ आदिजस्ता सबै कुरा नबुझी शुरु गरेर तपाइलाइ पछि अफ्ट्यारो हुन सक्छ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७८ बैशाख २०, सोमबार प्रकाशित
error: Content is protected !!