25 हजार देखि 1 लाख मूल्य पर्ने 15 ओटा औधोगिक मेसिन

|

25 हजार देखि 1 लाख सम्म लगानि लगानीमा खरिद गर्न सकिने 15 ओटा साना औधोगिक मेसिनहरु। यदि तपाईं
सानो लगानिमा आफ्नै घरबाट कुनै उद्योग शुरु गर्न चाहानुहुन्छ भने आजको बिशयबस्तु तपाइको लागि अति नै उपयोगी हुनेछ।

15 mask making machine manual

यदि तपाईं मास्क बनाउने बिजनेस शुरु गर्ने सोचाइमा हुनुहुन्छ भने यस्को लागि चाहिने मेसिन 30 देखि 35 हजार लगानिसम्म पाउन सक्नुहुनेछ। यो मेसिनलाइ air loop wealder मेसिन भनिन्छ। यो मेसिन चलाउनको लागि air compressor को जरुरी हुन्छ। जस्को मुल्य नेपाली बजारमा 10 देखि 15 हजारसम्म पर्न सक्छ। जम्मा गरेर 45 देखि 50 हजारभित्र मास्क बनाउने बिजनेसको लागि चाहिने मेसिन किन्न सक्नुहुनेछ।

 

14. band sealer machine

थोरै लगानिमा प्याकेजिङ बिजनेस शुरु गर्न चाहानेको लागि ब्यान्ड सिलर मेसिन अत्यन्तै उपयोगी हुनेछ। यस्को मूल्य नेपाली बजारमा 25 हजारसम्म सजिलै किन्न पाउनुहुनेछ। तपाइको बिजनेस गर्ने लोकेसन र स्थानिय उत्पादनको आधारमा कुन समानको प्याकेजिङ गर्दा राम्रो हुन्छ भन्ने कुरा अनुमान लाउन सकिन्छ। जस्तो कि, यदि तपाइको ब्यावसायिक स्थान मुख्य शरभन्दा निकै टाढा छ भने तपाइले चिनी, चियापत्ती, गेडागुडि भुजा, चिउरा आदिजस्ता कुराहरु क्विन्टलको हिसाबले किनेर प्याकेजिन गरेर आफ्नो ठाउमा बेच्न सक्नुहुनेछ। र त्यसैगरि तपाइको ठाउमा उत्पादन भएको कुरा दाल, मसला, पिठो, गुन्द्रुक, सिन्की जस्ता कुराहरु पनि गाउबाट शहरबजारतिर सप्लाइ गर्न सक्नुहुनेछ।

 

13. Aata chakki machine

सानो लगानिबाट आफ्नै घरबाट सदाबहार चलाउन सकिने बिजनेस गर्न चाहानेको लागि पिठो पिस्ने मिलको ब्यावासाय पनि एउटा बिकल्प बन्न सक्छ। यस्तो पिठो पिस्ने मेसिन क्षमता र गुणस्तरको आधारमा 40 हजारदेखी 80 हजारसम्म सजिलै पाउन सकिन्छ। यदि तपाइको बसोबास गाउबस्ती वा खेतिपाती धेरै हुने ठाउतिर छ र तपाईं आफ्नै ठाउमा उद्योग गर्ने सोच बनाउदै हुनुहुन्छ भने यो पनि राम्रो बिजनेस हुनेछ। यो कहिल्यै बन्द नहुने र राम्रो आम्दानी गर्न सकिने उद्योग हो।

 

12. led bulb making machine

led bulb बनाउने मेसिन नेपालमा 30 देखि 45 हजारसम्म सजिलै पाउन सकिन्छ। led बनाउनको लागि खासै ठूलो मेसिनको जरुरी हुदैन। साधारण एसेसरिजको साथमा तपाइले कच्चापदार्थ किनेर यो ब्यावसाय शुरु गर्न सक्नुहुनेछ। तर यो ब्यावसाय शुरु गर्नुभन्दा पहिला मार्केटमा कत्तिको सम्भावना छ र कस्तो क्वालिटिको बल्ब धेरै डिमान्ड छ भन्ने बुझ्न जरुरी हुन्छ। यदि तपाईं इलेक्ट्रोनिक्स पार्ट्पुर्जा र मोबाइल आदि सम्बन्धी काम गर्दै हुनुहुन्छ भने यो बिजनेस तपाइको लागि अझ प्रभावकारी बन्न सक्छ।

 

 

11. 2 In 1 pulverizer

मसला पिस्ने बिजनेस शुरु गर्नको लागि विभिन्न प्रकारका मेसिनहरु पाइन्छ। तर स्पेसली थोरै लगानिमा शुरु गर्न चाहानेको लागि 2 इन 1 पल्भराइजर मेसिन अतिनै उपयोगी हुनेछ। यो मेसिन नेपाली बजारमा करिब 30 हजारदेखी 70 हजारसम्म विभिन्न क्षमताका उपलब्ध हुन्छन। गुणस्तर अनि मुल्यको हिसाबले लगभग 45/50 हजारकै पल्भराइजर मेसिनबाट राम्रोसङ्ग काम गर्न सकिन्छ।

 

 

10. ball pen making machine

नेपालमा 50 देखि 70 हजार लगानिमा डठपेन बनाउने मेसिन किन्न पाइन्छ, जुन मेसिन मेनुअल हुन्छ। तर तपाइले यो मेसिनबाट विभिन्न प्रकारका बलपेनहरु सजिलै हातैले बनाउन सक्नुहुनेछ। यो मेसिनकोलागी खासै बिजुली पनि चाहिदैन र आफ्नै कोठाभित्रैबाट सानो ठाउबाट पनि यो काम गर्न सकिन्छ। यो काम गर्न सजिलो हुने र बसिबसी गर्न सकिने भएकोले गृहिणि तथा house wife हरुको लागि राम्रो बिकल्प बन्न सक्छ।

 

9. cutton wicks making machine

कपासको बत्ती बनाउने बिजनेस पनि थोरै लगानिबाट गर्न सकिने बिजनेस हो। यस्ता कपासका बत्ती बनाउने मेसिन लगभग 35 हजारदेखी 60 हजारसम्म नेपालमा सजिलै पाउन सकिन्छ। यदि तपाइको घर धार्मिक स्थलको छेउछाउतिर छ अथवा तपाइको सम्पर्कमा जेनेरल प्रोडक्टका होलसेलहरु छन भने यो बिजनेसबाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ। सबैभन्दा गजबको कुरा त यो बिजनेसको कच्चापदार्थको लागि तपाइले लगभग 3/4 हजार लगानि बाट नै शुरु गर्न सक्नुहुनेछ। जबकी अरु बिजनेसमा यति थोरै पैसाबाट कच्चापदार्थ किन्न सम्भव हुदैन।

 

8.papad making machine

80 देखि 85 हजारसम्म तपाइले नेपालमा पापड बनाउने मेसिन किन्न पाउन सक्नुहुनेछ।

जुन मेसिनले पापड मात्रै नभएर पानीपुरिको लागि प्रयोग गरिने पुरी पनि बनाउने काम गर्छ।

पापड बनाउने बिजनेस सम्बन्धी तपाइलाइ चासो छ भने यो बिजनेस नेपालको लागि अति नै

उपयुक्त देखिन्छ किनकी आजको समयमा पनि नेपाली बजारमा 70% भन्दा बढी मात्रामा

इन्डियन पापड प्रयोग भएको पाइन्छ। यसको लागि चाहिने मुख्य  कच्चापदार्थ दाल भएकोले स्थानिय उत्पादनबाट पनि यो ब्यावसाय सन्चालन गर्न सकिन्छ।

 

7. pani puri vending machine 

75 देखि 85 हजार सम्म तपाइले पानीपुरी भेन्डिङ को अटोमेटिक मेसिन किन्न सक्नुहुनेछ।

यदि तपाईं स्टेन्डर तरिकाले पानीपुरिको बिजनेस गर्न चाहानुहुन्छ भने यो मेसिन तपाइको

बिजनेसको लागि सुनमा सुगन्ध जत्तिकै हुनेछ। हाइजोनिक र आकर्षक ढङ्गले पानीपुरिको बिजनेस गर्ने हो भने तपाइले राम्रो आम्दानी गर्न सक्नुहुनेछ।

 

6. banana chips making machine

कम्पिटिसन कम भएको र राम्रो फाइदा हुने बनाना चिप्स बनाउने बिजनेस पनि नेपालको रागी राम्रो बिजनेस बन्न सक्छ। यस्तो बनाना चिप्स बनाउने मेसिनहरु विभिन्न प्रकारका पाइन्छन तर सानो लगानिबाट शुरु गर्न चाहानेको लागि मेनुअल मेसिन एकदमै उपयोगी हुनेछ। जुन मेसिनको मूल्य नेपाली बजारमा 80 देखि 90 हजारसम्म पर्न सक्छ।

 

5. Slipper making machine

तपाईं चप्पल बनाउने बिजनेस शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ भने तपाइले 80 देखि 90 हजारसम्म लगानिमा मेनुअल मेसिन किन्न पाउनुहुनेछ। जुन मेसिनले सबै साइजका हवाइ चप्पलहरु सजिलै बनाउन सक्छ। यो मेसिन हातले प्रेसर दियर चलाउनु पर्ने हुन्छ। यो मेसिनको माधयमले दैनिक 300 जोर भन्दा धेरै चप्पल उत्पादन गर्न सकिन्छ।

 

4. Tshirt printing machine

टिसर्ट प्रीन्ट गर्ने बिजनेस पनि अहिलेको समयको ट्रेन्डिङमा रहेको बिजनेस हो। टिसर्ट, कप, id कार्ड, प्लेट लगायत प्रीन्ट गर्ने 5 in 1 heat press मेसिन र सब्लिमेन्सन प्रीन्टरको सेट लगभग 80 देखि 85 हजारमा सजिलै पाउन सकिन्छ। यसको लागि चाहिने सब्लिमेन्सन ink, टेप र पेपर गरेर maximum 90 हजर सम्ममा यो पुरै सेट किन्न सकिनेछ। यदि तपाइको सम्पर्कमा बोर्डिङ स्कुल, कलेज, सस्था र गार्मेन्टहरु छन भने तपाईंइको लागि यो बिजनेस अति नै उपयोगी हुने छ।

 

3. sugarcane juicer machine

यदि तपाईं गर्मीको मौसमको लागि राम्रो बिजनेस गर्ने सोचाइमा हुनुहुन्छ भने उखुको

जुस बनाउने बिजनेस पनि तपाइको लागि राम्रो बिकल्प बन्न सक्छ। उखुको जुस बनाउने विभिन्न

मेसिनहरु पाइन्छन तर तपाईं सानो लगानिको राम्रो मेसिन किन्न चाहानुहुन्छ भने लगभग

65  देखि 70 हजारसम्म उखुको जुस बनाउने मेसिन सजिलै किन्न पाउनुहुनेछ।

यदि तपाइको ब्यावसायिक स्थानमा सजिलै उखु उपलब्ध हुन्छ भने यो बिजनेस तपाइको लागि नाफामुलक ब्यावसाय साबित हुन सक्छ।

 

2. agarbatti making machine

यदि तपाईं अगरबत्ती बनाउने बिजनेस सम्बन्धी चासो राख्नुहुन्छ भने यो बिजनेसको लागि चाहिने मेसिन

पनि 80 देखि 90 हजारसम्म उपलब्ध हुन्छ। दैनिक 30 देखि 40 केजि अगरबत्ती उत्पादन गर्न सक्ने यो

मेसिन मेनुअल हुन्छ तर यसले पनि राम्रो क्वालिटिका अगरबत्ती उत्पादन गर्न सक्छ।

 

1.प्लेट र दुना बनाउने मेसिन

तपाइले 85 हजारसम्म प्रेपर प्लेट बनाउने मेसिन किन्न पाउनुहुनेछ। जुन मेसिन मेनुअल हुनेछ,

हातैले चलाएर काम गर्नुपर्ने हुन्छ। त्यसैगरी यदि तपाईं सालको पातबाट दुना बनाउने बिजनेस गर्न

चाहानुहुन्छ भने पातबाट दुना बनाउने मेनुअल मेसिन 75 हजारसम्ममा सजिलै पाउन सक्नुहुनेछ।

 

 


तपाइलाइ यो सामाग्री कस्तो लाग्यो, कमेन्ट गर्नुहोस

२०७८ बैशाख २०, सोमबार प्रकाशित
error: Content is protected !!