थोरै लगानिमा सप्लायर्स बिजनेस कसरी शुरु गर्ने ?

|

थोरै लगानिमा सप्लायर्स बिजनेस

सप्लायर्स सम्बन्धी ब्यावसाय गर्दा थोरै मार्जिन राखेर सामान बेच्नुपर्ने भएकोले ठूलो मात्रामा बेच्न जरुरी हुन्छ।
ठूलो मात्रामा सामान सप्लाइ गर्नको लागि लगानी पनि ठुलै चाहिने हुन्छ। तर यहाँ हामी कुरा चर्चा गर्नेछौ स्मार्ट
सप्लायर्स बनेर एकदमै कम लगानीमा कसरी सप्लायर्स बिजनेस शुरु गर्न सकिन्छ भन्ने बारे।

सप्लायर्स बिजनेस शुरु गर्नको लागि सबैभन्दा पहिला तपाइले कम्पनी दर्ता गराउनुपर्ने हुन्छ। कम्पनी दर्ता गर्नको
लागि तपाईं वडा कार्यलय, उद्योग बाणिज्य र आन्तरिक राजस्व बिभागमा गएर सजिलै दर्ता गराउन सक्नुहुनेछ।

💡कसरी शुरु गर्ने ?

सबैभन्दा पहिला तपाईंले गर्ने ब्यावसाय वा कारोबारको प्रकार छनौट गर्नुहोस। यदि तपाईंले बिजनेस गर्ने सोच
बनाइसक्नुभएको छ भने पक्कै पनि आफुले गर्ने ब्यावसायको प्रकार छनौट गरिसक्नुभएकै होला।

त्यसपछी तपाइको कारोबार सङ्ग मिल्दाजुल्दा कम्पनी तथा होलसेलहरु खोजी गर्नुहोस। यस्ता कम्पनी तथा
सप्लायर्स हरुसङ्ग तपाइले खरिद गरेर बेच्न सम्भव हुने जति पनि सामान हरु देख्नुहुन्छ ती सबै सामनका केही
पिस स्याम्पल जम्मा गर्नुहोस। र त्यतिबेलै ती ब्यावसायिसङ्ग फाइनल कुरा गर्नुहोस कि तपाइलाइ रेट कति पर्छ
र बजारमा त्यसको मूल्य कति छ आदि।

त्यसपछी तपाईं सङ्ग ती सामनहरु बेच्नको लागि दुई ओटा मार्केटिङका बिकल्प छ्न, एउटा अफलाइन अनि
अर्को अनलाइन। अफलाइनबाट कसरी गर्ने र अनलाइन बाट कसरी गर्ने भनेर हामी यहाँ क्रमश चर्चा गर्दै जानेछौ।

💡अफलाइन मार्केटिङ

अफलाइन मार्केटिङ को लागि भिजिटिङ कार्ड अति नै महत्वपूर्ण हुने हुदा सबैभन्दा पहिला आफ्नो कम्पनिको
एउटा भिजिटिङ कार्ड बनाउनुहोस। जसले तपाइको कम्पनिको इमेज र आकार निकै उत्कृष्ट देखाउन सहयोग
पुर्याउनेछ। अब तपाईं आफुले सप्लाइ तथा बिक्रीवितरण गर्ने सामान र भिजिटिङ कार्डको साथमा ती सबै व्यापारी
सामु जानुहोस र आफुले बेच्ने सामानको स्याम्पल देखाएर डिल गर्नुहोस।

आफ्नो स्याम्पल देखाएर अब तपाइले तिनिहरु सङ्ग डिल गर्नुभयो र अर्डर आयो भने तपाइले प्री अर्डर लाई
पहिलो प्राथमिकता राखेर काम गर्नुहोस। यसको मत्लब अर्डर लिदा केही एडभान्स रकम लिने कोसिस गर्नुहोस।
यसो गर्नाले तपाइको अर्डर क्यान्सिल हिने सम्भावना कम हुन्छ।

अब तपाइले लिएको अर्डर बराबरको सामान त्यहाबाट मगाएर सप्लाइ गर्नुहोस जहाबाट तपाइले स्याम्पल लिनुभएको
थियो। यसरी सप्लाइ गर्दा तपाइले आफ्नो कम्पनिको बिल काटेर काटेर दिनुहोस। जुन कम्पनिबाट जुन बिलमा
सामान आएको त्यो बिल आफुले नै राख्नुहोस।

उदाहरणको लागी-: तपाईं मौरिको मह बेच्न चाहानुहुन्छ र मह सप्लाइ गर्ने कम्पनी दर्ता गर्नुभएको छ भने तपाइले
सबैभन्दा पहिला मह उत्पादन गर्ने ठाउहरु खोजी गर्नुहोस। अनि केही मात्रामा सबै ठाउको महको स्याम्पल जम्मा गर्नुहोस।

कुन ठाउँमा कति रेटको मह पाइन्छ, कुन ठाउँको मह उत्कृष्ट छ, बजारमा महको रेट कति छ र तपाइलाइ
कति मुनाफा आउँछ जस्ता कुरा आफै अन्दाज लगाउनुहोस। अब तपाईले जम्मा गरेको महको स्याम्पल र
भिजिटिङ कार्ड बोकेर मार्केटिङ गर्न निस्किनुहोस।

अनि मह बेच्नको लागि विभिन्न किसिमका फुड सप्लिमेन्ट बेच्ने कम्पनी र खाद्यान्न सम्बन्धी थोक तथा खुद्रा ब्यापारि
भएको ठाउमा गएर स्याम्पल देखाएर डिल गर्नुहोस। ध्यान रहोस बरु 2 रुपैया कम फाइदा खानुस तर राम्रो स्याम्पल
देखाएर पैसा लिएपछी सामान पनि स्याम्पल अनुसारकै दिनुहोस।

अब तपाइले डिल गरेको ठाउबाट जसरी जुन महको अर्डर आउँछ त्यो मह उत्पादन गर्ने ठाउबाट आफ्नो कम्पनिमा
ल्याएर अर्डर लिएको ठाउँमा सप्लाइ गर्नुहोस।

💡अनलाइन मार्केटिङ

आजको समयमा तिनै सप्लायर्स कम्पनिहरु राम्रो नाम दाम कमाइरहेका छन जस्ले आफ्नो बिजनेसलाइ अनलाइन
मार्केटिङको माध्यमबाट चलाउने गरेका छन। अनलाइन मार्केटिङ गर्नको लागि खर्च गर्नैपर्छ, इन्टेरनेट सम्बन्धी धेरै
जानकारी हुनै पर्छ भन्ने लाग्छ भने यो तपाइको भ्रम हो।

तपाइले बिना कुनै लगानी फेसबुक, टिकटक, ब्लग, youtube जस्ता प्लेटफार्मको माध्यमबाट आफ्नो बिजनेसको
मार्केटिङ गर्न सक्नुहुनेछ। अझ यी भन्दा राम्रो बिकल्प e-commerce website हुने छन।

मर्टिभेन्डर इ-कमर्स वेबसाइटहरुमा तपाइले निशुल्क आफ्नो सामानको मार्केटिङ गर्न सक्नुहुन्छ। जस्तो कि A2Z sewa,
daraz, hamro bazar आदि लगायत प्लेटफार्म हरुमा तपाइले आफ्नो सामानको डिस्प्ले गरेर मार्केटिङ गर्न सक्नुहुनेछ।

यी कम्पनिमा कसरी आफ्नो सामान बेच्ने भन्ने बुझ्नको लागि तपाईं गुगल मा गएर सर्च गर्नुहोस अनि आधिकारिक ब्यक्ती
सङ्ग कुरा गर्न सक्नुहुनेछ। यस्ता कम्पनिमा तपाइले बेच्ने सामानको फोटो अपलोड गरिन्छ त्यसपछी अर्डर आएपछी
तपाइले सामान डेलिभरी गराउनुपर्ने हुन्छ।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल युट्युब च्यानल स्मार्ट तरिकामा
जोडिन सक्नुहुनेछ।how can

२०७८ मंसिर २६, आईतवार प्रकाशित
error: Content is protected !!