चाउमिन उद्योगमा कत्तिको फाइदा हुन्छ ( Chowmein making business ideas in nepal )

|

chowmein making business को नेपालमा कस्तो सम्भावना छ ?

चाउमिन उद्योग नेपालको लागि राम्रो सम्भावना बोकेको बिजनेस हो। हामी देख्न सक्छौं ठुला ठुला होटेल
देखि साना ठेलागाडामा पनि चाउमिनको परिकार हरेक ठाउमा सजिलै पाउन सकिन्छ। यहि मौकामा चौका
हानेर चाउमिन उद्योग खोल्नेहरुले राम्रो आम्दानी गरेका उदाहरण पनि प्रशस्तै देख्न पाइन्छ।

चाउमिन उत्पादन गर्ने बिजनेस विशेष गरि 2 प्रकारका हुन्छन। जसमध्ये एउटा Half steam chowmein र
Dry chowmein हुन। half steam चाउमिन आजको समयमा अत्यधिक नाफामुलक र थोरै लगानिबाटै
शुरु गर्न सकिने भएकोले हामी यहाँ half steam noodles को बारेमा चर्चा गर्नेछौ।

चाउमिन उद्योग सम्बन्धी भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्👇️

🔷चाउमिन उद्योग कसरी शुरु गर्ने ?

चाउमिन उद्योग शुरु गर्नको लागि तपाइले सबैभन्दा पहिला आफ्नो business location छनौट गर्नुपर्ने
हुन्छ। यदि तपाइको उद्योगमा उत्पादन गरेको चाउमिन आफ्नो Market मा सजिलै पुर्याउन सक्नुहुन्न भने
तपाइलाइ समस्या आउन सक्छ। यसका साथै तपाइको क्षत्र तथा स्थानिय बजारमा Fast food का होटलहरु
कति छन भन्ने पनि ख्याल गर्न जरुरी हुन्छ। यदि तपाइको स्थानिय बजारमा चाउमिन खपत हुने राम्रो सम्भावना
छ भने तपाइको लागि चाउमिन उद्योग नाफामुलक ब्यावसाय साबित हुनेछ।

यसरी आफ्नो बजारको परिक्षण गरेपछी तपाइले आफ्नो उद्योग खोल्ने कोठा वा फ्याक्ट्रीको पनि तयार गर्नुपर्ने
हुन्छ। यदि तपाईं सानो लगानिमा कम क्षमताको मेसिन खरिद गरेर यो उद्योग सन्चालन गर्न चाहानुहुन्छ भने
तपाइको लागि 12×12 फिट सम्मको कोठाबाट पनि काम शुरु गर्न सक्नुहुनेछ। यदि ठूलो क्षमताको मेसिनको
साथमा यो ब्यावसाय शुरु गर्ने हुँदा त्यसको लागि चाहिने आवस्यक फ्याक्ट्रीको निर्माण गर्नुपर्ने हुन्छ।

🔷Chowmein making machines & cost

चाउमिन उद्योग बनाउनको लागि नेपाली बजारमा विभिन्न प्रकारमा मेसिनहरु उपलब्ध हुन्छन। जहाँ मेसिनको
गुणस्तर र क्षमता अनुसार मेसिनको मूल्य पनि फरक फरक पर्न जान्छ। मोटामोटी भन्नुपर्दा तपाइले विभिन्न
क्षमताका मेसिनहरु 2 लाख रुपैयाँ देखि लिएर 20 लाख रुपैयाँ सम्मका मेसिनमध्य आफ्नो बिजनेसको लागि
जुन उपयुक्त लाग्छ त्यही छनौट गर्न सक्नुहुनेछ।

यसरी तपाइले मेसिन किन्दा चाहिने सबै मेसिनको सेट छ कि छैन भन्ने कुरा राम्रोसङ्ग बुझ्न जरुरी हुन्छ। जस्तो
कि, half steam chowmein बनाउनको लागि तपाइलाइ पिठो र पानी मोल्ने मिक्स्चर मेसिन, चाउमिन बनाउने
मेसिन र चाउमीन बफाउन प्रयोग गरिने भाडाको जरुरी हुन्छ। प्राय मेसिन बेच्ने ठाउमा तपाइले यी सबै कुराको सेट
नै पाउन सक्नुहुन्छ तैपनी मेसिन खरिद गर्नुभन्दा पहिला बुझ्नु राम्रो हुनेछ।

थप जानकारीको लागि माथी दिइएको भिडियोमा हेर्नुहोस। हामिले चाउमीन उद्योग सन्चालन गरेर राम्रो आम्दानी
गरिरहेका एक जना ब्यावसायी सङ्ग गरेका कुराकानी पनि त्यस भिडियोमा हेर्न पाउनुहुनेछ।

श्रोत:- smart tarika
यस्तै बिजनेस, आम्दानी र मोटिभेसनल सामाग्रीहरु हेर्नको लागि हाम्रो अफिसियल युट्युब च्यानल स्मार्ट तरिकामा
जोडिन सक्नुहुनेछ।

२०७८ पुष १२, सोमबार प्रकाशित
error: Content is protected !!