दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को अन्तिम दिन १९ गते G-BOB प्रस्तुति रहने

|

दमक । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को नवौँ दिन अर्थात भोली फागुन १९ गते शुक्रबार चर्चित र्यापर सुदिप भण्डारी ‘जी बब’ को प्रस्तुति रहने भएको छ ।


बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने र्यापर जी बबले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छन् । र्यापर जी बबसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने फुड फेस्टिवलका सदस्य काजी राउतले जानकारी दिए ।

होटल व्यवसायी संघको आयोजनमा फागुन ११ बाट दमकको पशुहाटमा सुरु भएको फुड फेस्टिवल फागुन १९ गतेसम्म जारी रहनेछ ।

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित
error: Content is protected !!